कोरोना भाइरस हावामा पनि जीवित रहन सक्छ

एजेन्सी, ११ चैत । कोरोना भाइरस अर्थात कोभिड–१९ हावामा बाच्न सक्ने एक अध्ययनले पत्ता लगाएको छ । हावामा बाच्न सक्ने भन्ने पुष्टि पनि भइसकेको छ ।
कोभिड–१९ हावामा पनि बाच्न सक्ने पत्ता लागेपछि विश्व स्वास्थ्य संगठनले मेडिकल स्टाफका लागि यसका सावधानीहरूकोबारेमा सोच बनाएको छ ।
डाक्टर मारिया भान करखोभका अनुसार भाइरस तरल पदार्थको थोपाहरुमार्फत सर्न सक्ने छ भने हाछ्यौ गर्दा र खोक्दा यो भाइरस सर्ने धेरै सम्भावना हुन्छ ।

जव मानिसहरुले एयरोसोल उत्पादन गर्ने प्रक्रिया जस्तै मेडिकल केयर सुविधाहरुमा गर्छन । ती कारणले एयरोसोलिज भन्ने सम्भावना हुन्छ । जसको कारण तिनीहरु हवामा अलि बढी रहन सक्ने उनले बताइन्।
काम गर्ने समयमा स्वास्थ्य कर्मीहरुले थप सावधानी अपनाउनु धेरै आवश्यक रहेको उनले बताइन् । विश्व स्वास्थ्य संगठनले मान्छेहरुले हछ्यौ गर्दा र खोक्दा निस्कने थोपाहरु कुनै पनि वस्तुमा पर्दा भाइरस सर्ने बताइएको छ ।

अहिले कोरोना भाइरस कस्तो ठाउँमा र तापक्रममा हुने र कती समयसम्म भाइरस बाच्ने भन्नेबारे पनि पत्ता लागिसकेको जनाइएको छ ।

Shares

Be the first to comment on "कोरोना भाइरस हावामा पनि जीवित रहन सक्छ"

Leave a comment

Your email address will not be published.


*