कोरोना कैरन ८: सद्गद्को चिन्ता !

पत्रकार अर्जुन अपवाद कोरोनाबाट संक्रमित भए । अहिले उनि कोरोना संक्रमणबाट मुक्त भइ नियमित काममा फर्किसकेका छन् । उनले स्वाव दिँदादेखि रिपोर्ट नेगेटिभ आउँदासम्मको समयलाई दैनिकीका रुपमा लेखेका छन् । उनको दैनिकीलाई हामी यो श्रृङ्खलामा १५ अंकसम्म प्रकाशन गर्नेछौं।

२०७७ कार्तिक २८ गते

रक्सीलाई फोक्सोटाइजर भन्ने साथी आएपछि क्वारेन्टाइन नै उनकै जस्तो भएको थियो । उनी बेला बेलामा रक्सी पिउँथे । त्यसकै सुरमा देउसी भट्याइरहन्थे । विहानै उठेर भने । म मरिहालें भने पनि परम्परागत रुपमा मेरो सद्गद हुने भएन । मान्छेलाई जीवनको भन्दा पनि मरेपछिको पो चिन्ता ।

हाम्रा कोठामा एउटा बेड खाली थियो । हामीले हिजो त्यो अर्को कोठामा लगिदिएका थियौं । अर्को कोठाबाट एकजना साथी हाम्रो कोठामा आएका थिए । नयाँ आएको भएर उनलाई एक्लै सुताइएको थियो हिजो ।

विहानै उनि हाम्रा कोठामा आए । हाम्राबाट पल्लो कोठाबाट सरेका साथी आफ्नै कोठामा फर्किएका थिए । उनले म एक्लै त बस्न सक्दिन भनेर हाम्रा कोठामा आउने इच्छा जाहेर गरे । साथीहरु उ नआए हुन्थ्यो भन्नेमा थिए । केहिले त मूख फोरेरै भने पनि ।

विहानै उनी नेताहरुलाई फोन गर्ने गरिरहेका थिए । हिजो आउनेवित्तिकै हामी त विरामी पो हो त । यस्तोमा विरामी राख्ने हो । भनेर नेताहरुलाई फोन गरेको सुनेका थियौं । उनिहरुले आज विहान ८ बजे केहि व्यवस्था गर्ने भनेका थिए उनलाई । त्यहि भएर उनले विहान फोन गरेका थिए । वेवस्था भएन । वेवास्ता भयो ।

अर्का साथीले विहानै उठेर भने हामी मर्‍यौ भने चिसोले मर्छम । तर कोरोनाले मरेको भन्छन् । अँ यहि कुरा त सरकारले पनि बेला बेलामा भन्ने गर्छ । साँच्चै कोरोनाले मरेका मानिसहरु धेरै कम छन् । अरु रोगबाट मर्ने पनि कोरोनामा गएर जोडिन्छन् । त्यसो भए कोरोना कोरोना भनेर विश्व नै आँत्तिएको चैं किन होला ?

अर्को कोठामा एक्लै बसेका साथी हिजोसम्म एक्लै भइयो भनेर गनगन गरिरहेका थिए । नयाँ साथी आएपछि पनि उनी गनगन गर्न लागे । उबाट रोग सर्छ भनेर । गनगन गर्नेलाई त जे भए पनि नहुने रहेछ ।

दिउँसो नयाँ आएका साथीले घरबाट एउटा भाले र बोको मगाए । दिउँसो हामीलाई एउटा स्वास्थ्य सम्बन्धी सर्भे फर्म दिइएको थियो । त्यो कहिलेसम्म भरेर फिर्ता गर्नुपर्ने हो केहि थाहा भएन । त्यो पछिसम्म पनि हामीले भरेर बुझाउन परेन ।

यहाँबाट नेगेटिभ रिपोर्ट आएर काठमाण्डौ गएका साथीले काठमाण्डौमा पनि कोरोना जाँच गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । साथीहरुले यो कुरा सुनाएपछि मैले उनलाई फोन गर्न खोजेका थिएँ । उनको फोन अफ थियो ।

अर्का संक्रमण भएका साथीसँग पनि कुरा भएको थियो । कोरोनाको कारण उनको स्वाद नै हराएको उनले जानकारी दिए ।  उनीसँग कुरा हुँदा स्वाद अलिअलि थाहा पाएको बताएका थिए । उनीसँग अर्का साथीको फोन अफ भएको मैले बताएको थिएँ । तपाँइसँग अनलाईनतिर भए भेटिए सम्झेको भन्दिनु है भनेको थिएँ ।

उनले त्यो खबर पुर्‍याएछन् । पछि साथीले मलाई नै फोन गरेका रैछन् । मैले फोन छाडेको भएर पछि म आफैंले फोन गरेर कुरा गरें ।

१ बजेतिर जिल्ला स्वास्थ्य कार्यालयले फोन गरेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको थियो । उनले कुनै अप्ठ्यारो परेमा पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न भनेको थियो ।

बेलुका साथीहरुले भाले खाए । हामी भाले नखाने टिममा ३ जना साथीहरू थियौं ।

बेलुका ७ बजेतिर ससुरा बाले फोन गरेका थिए । खाना खाने बेला परेको भएर फोन उठाइन । बेलुका ८ बजेतिर फोन गरें । आफैंलाई कोरोना लागेको त भनिँन । साथीहरुलाई कोरोना लागेको भएर तिहारमा जान पाउँदिन कि भनेर भनेको थिएँ ।

बोको कराइरहेको थियो । सायद उसले बथान सम्झिरहेको थियो । भोली मरिन्छ भनेर त पक्कै होइन होला नि !

नयाँ आएको साथीले राती पनि हल्ला गरेर हामीलाई सुत्न पनि दिएको थिएन ।

क्रमश………..

Shares

Be the first to comment on "कोरोना कैरन ८: सद्गद्को चिन्ता !"

Leave a comment

Your email address will not be published.


*