पत्रकार अर्जुन अपवाद कोरोनाबाट संक्रमित भए । अहिले उनि कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनले स्वाव दिँदादेखि रिपोर्ट नेगेटिभ आउँदासम्मको समयलाई दैनिकीका रुपमा लेखेका छन् । उनको दैनिकीलाई हामी यो श्रृङ्खला १५ अंकसम्म प्रकाशन गर्नेछौं।
२०७७ कार्तिक २३ गते
विहानै खाना खाने बेलामा साथीले अमेरीकाबाट आएको मेल देखाएका थिए । मैले मेल नेपालीमा उल्था गरेर सुनाइदिएको थिएँ । जुममा एउटा बैठक थियो । साथीको मेलमा लिङक पठाइदिएको रैछ । साथीहरु सुरक्षित ठाउँमा भएका कारण त्यहाँबाट मेल चलेन । अर्को साथीले मेल फर्वार्ड गरिदिएका थिए ।म त्यहि काम कोठाबाटै गरिरहेको थिएँ । साथीले एउटा दस्तावेज चाहियो भनेपछि उनलाई त्यो दिन उनकहाँ गएँ । जुम मिटिङ चल्दै गर्दा पार्वतीले फेसबुकमा फोन गरेकी थिइ । उ मेरो पत्रमित्र साथी थिइ । लामो समयपछि उसँग कुरा भएको थियो । मैले म जुम मिटिङमा भएका कारण भोली फोन गर्ने भनेको थिएँ । तर त्यो भोली आएन । उसँगको पत्रमित्रताको कथा पनि गज्जबकै छ । ६४र६५ सालतिर मैले रेडियोमा पठाएको कविता सुनेर उसले मलाई पत्र लेखेकी थिइ । सम्बन्धहरु कसरी सुरु हुन्छन भन्ने कुरा पनि भन्न सकिन्न । सम्बन्ध मात्रै किन । जिन्दगीको यात्रा पनि त्यस्तै त हो । को कसरी जोडिन्छ ? को कसरी छुट्छ ? सधैं आकलन गरेजस्तो के हुन्थ्यो र ? ४ बजेर ९ मिनेटमा साथीको फोन आयो । फोनमा उहाँले मलाइ पोजेटिभ भएको जानकारी दिए । टाउको दुख्ने, रिंगटा लाग्ने, आँखाअगाडि धमिलो हुने, मुटु जोडजोडले धड्कने, जिउ सल्याकसुलुक हुने, आँशु खस्ने, कपाल ठाडो हुने, आफूले टेकेको संसारै भासिएजस्तो हुने, कमजोर हुने यस्तै यस्तै । कोरोना लागेको खबर पाएपछि माथिका लक्षणमध्ये कुनै एउटा त हुनुपर्ने । अँ हँ । कुनै पनि भएन । यत्रो ठूलो कुरा सुन्दा पनि केहि पो हुन्न त । तर कोरोनाचाँहि भयो । अव चैं कोरोना पोजेटिभ भइयो । कोठाबाट निस्कन ला । एकजना चिनेका आए र भने रिपोर्ट आयो । मैले थाहा पाएर पनि छैन भनें । विरामी भइयो । रोगको लक्षण कुनै छैन । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकासाथीहरुको चैं नेगेटिभ रिपोर्ट । जो पहिल्यै ढुक्क भएर सुरक्षित स्थलतिर लागिसकेका थिए । रुघाखोकी लगायतका लक्षणहरु भएका घर फर्कने भए । आफू चैं भएको केहि छैन । त्यता जानुपर्ने भो । साथीले भने अर्जुन तिमी धेरै निस्केको भनेर मान्छेहरु भनिराछन् । यहाँ बस्दा झन आलोचना होला । एम्बुलेन्स भनेको छु । सुरक्षित स्थानमा जाने । कतै निस्केकै त छैन । कल्ले भन्यो ? मेरो प्रश्नमा उनको जवाफ थियो यो बेला बहस गर्ने हैन । सँगै भएका एकजना साथीलाई पनि पोजेटिभ देखिएको थियो । उ रोइरहेका थिए । उसलाई र मलाई लागेको रोग त एकै हो । मलाई चैं केहि अनुभव नै पो छैन त । कोरोनाले स्वाद हराउँछ भन्थे । मेरो चैं यो अनुभव भन्ने नै हराएछ कि ! साँढे ४ मा रीताको फोन आयो । उसलाई पोजेटिभ भएको बताँए । उसले सुरुमा पत्याइन । पत्याए पनि नपत्याए पनि सत्य त्यहि थियो । पत्याउनै प¥यो । इश्वरले च्याटमा सोधेको थियो । उसलाई पनि पोजेटिभ भएको बताएँ । ५ बजेर ४ मिनेट जाँदा हिरा थोकरको फोन आयो । उनले नआँत्तिन भने । कुनै लक्षण देखिएको छ कि भनेर सोधिखोजि गरे । त्यसको लगत्तै सम्पादक सिर्जन घिमिरेको फोन आयो । ४ मिनेटपछाडी । हिरासँग उनि सायद सँगै हुँदा हुन । त्यसको २ मिनेटमै कोशिशमणि न्यौपानेको ।सिर्जन र कोशिशले हाँस्दै १ लाख पाइने भयो हैन भनेर फोन गरेका थिए । १ लाख भनेको कोरोना विमाको रकम थियो । एम्बुलेन्स आइपुगेको थिएन । एम्बुलेन्स पर्खंदै फेसबुक चलाएँ । केहि नोटिफिकेसन थिए । मनमा लाग्यो, ल कुनचैंले मेरो फोटो राखेर शिघ्र स्वास्थ्यलाभको कामना पो लेख्यो कि ! केहि हानी नगरेपनि कुरा चैं ठूलै गर्थ्यो लागेछ कोरोना भन्ने पनि त छन् मित्रहरु । नोटिफिकेसन खोल्दा थाहा भो केहि साथीहरुले दोलखाको कोरोना अपडेटका बारेमा समाचार ट्याग गरेका रहेछन् । मन ढुक्क भो । ६ बजेर ३७ मिनेटमा प्रभु जिरेलको फोन आयो । समाचारमा मेरो नाम दिने कि नदिने भन्नेमा सल्लाह भयो । मैले पछि म आफैं लेखेर दिउँला अहिले केहि पनि नलेखुम भनें । तिम्रो नाम आज संक्रमित भएकाहरुको १० नम्बरको लिष्टमा छ । उसले जानकारी दिएको थियो । एम्बुलेन्सले हल्लाइरहेका बेला उसँग ५ मिनेटजति कुरा भएको थियो । त्यसको २ घण्टापछि जिल्ला सहकारी संघका अनिल दहालको फोन आयो । लक्षण केहि छ कि ? अँहँ केहि पनि छैन । मैले जवाफ फर्काएपछि उसले भनेको थियो । यो रोग जसलाई पनि लाग्ने रैछ । सुरुमा २ जना थियौं एम्बुलेन्समा । विचबाट अर्का साथी पनि थपिए । हामी सुरक्षित स्थलमा झर्यौ । घडि हेरिएन । सायद बेलुकाको ९ बजेको थियो होला । एम्बुलेन्स अर्का साथीलाई लिन गयो । हामी खाना खान लाग्यौं । मैले खाना खाएँ । मसँगै गएका साथीले खाना खाएनन् । अलिक समयमै खाना पकाएको भएर होला खाना सेलाइसकेको थियो । उनलाई अण्डा उसिनेर दिने कुरा भएको थियो । भोलीपल्ट उनले अण्डा पनि राम्रोसँग नपाकेको भएर खाना नखाएको बताएका थिए ।हामीलाई छुट्टै बाल्टी र सावुन दिइयो । खाना खाइसकेपछि थाल माझेर राख्यौं । ओच्छ्यान मिलायौं । बस्दा कटक कटक आवाज आउँथ्यो । सुरुमा असजिलो लागेको । पछि बानी पर्दै गयो क्रमश………..
लेखकको थप लेख ःकोरोना कैरन २ ःजङलमा खोजिएको शान्ती
Be the first to comment on "कोरोना कैरन ३ ःकोरोनाले अनुभब लग्यो की ?"