पत्रकार अर्जुन अपवाद कोरोनाबाट संक्रमित भए । अहिले उनि कोरोना संक्रमणबाट मुक्त भइ नियमित काममा फर्किसकेका छन् । उनले स्वाव दिँदादेखि रिपोर्ट नेगेटिभ आउँदासम्मको समयलाई दैनिकीका रुपमा लेखेका छन् । उनको दैनिकीलाई हामी यो श्रृङ्खलामा १५ अंकसम्म प्रकाशन गर्नेछौं।
२०७७ मंसिर ३ गते कोरोना लागेर तपाँइहरुलाई राम्रो भयो नि, घरको काम गर्नु परेन ! विहान म ध्यान गरिरहेका बेला एक जना महिलाले भनेको कुरा मेरो कानमा ठोकिएको थियो । ध्यानको नियम भंग गर्न मिलेन । मैले उनको अनुहार हेर्नै पाइन । विहान कोरोरोना परिक्षणका लागि जाने हिजै तय भएको थियो । विहानको खाजा खाइसकेपछि हामी सवा आठमा किर्नेतिर लाग्यौं । गाउँपालिकाको एम्बुलेन्स पहिलो चरणमा साथीहरुलाई पुर्याएर फेरि हामीलाई लिन आएको थियो । दोश्रो चरणमा मसहित ४ जना थियौं । १५ मिनेटमै हामी अस्पताल पुगेका थियौं । त्यहाँ अर्को गाउँपालिकाको पनि एम्बुलेन्स रहेछ । पारिलो घाममा एकजना दूधेबालक सहित ७ जना अस्पताल खुल्ने प्रतिक्षामा थिए । तिनीहरु सबै एकै परिवारका सदस्य भएको र अघिल्लो पटक परिक्षणमा सँगै परेको हामीलाई एकजना साथीले सुनाएका थिए । अस्पतालको नजिकै रहेको भवनमा केहि सुचनाहरु टाँसिएका रहेछन् । एउटा अस्पतालको र अर्को नजिकैको विद्यालयको सुचना थियो । विद्यार्थीका लागि जारी गरेको सुचना र अस्पतालको एम्बुलेन्स विग्रिएको सुचनाको मैले फोटो खिचें । त्यहाँ विद्यालयमा पढ्ने सबै ३४५ जनाको नाम उल्लेख गरिएको थियो । साथीहरुले के को फोटो खिचेको भनेर सोधीखोजी गरे । मैले पोजेटिभहरुको नाम टाँसेको रैछ भनेर भन्दिएँ । उनिहरु गएर आफ्नो नाम खोज्न लागे । केहिले एक छिनमै मैले ठट्टा गरेको पत्ता लगाइहाले । एकजना साथीलेचाँहि पछिसम्म पनि मैले भनेको कुरा पत्याउनुभएछ । आफ्नो नाम खोजिरहनुभएको थियो । साथीहरुले उल्याउन पनि भ्याए । ९ बजेपछि मात्र अस्पताल खुल्ने भएकाले हामी त्यसै घाम तापेर बस्यौं । हामीसँगै पोजेटिभ देखिएका जनप्रतिनीधी पहिले नै पुगिसकेका रहेछन् । विद्यालय भर्खरै खुल्न लागेका थिए । विद्यार्थीहरु मास्क लगाएर पढ्न गइरहेका थिए । मैले तिनीहरुको पनि केहि फोटो खिच्न भ्याएँ ।स्वास्थ्यकर्मी पनि हामीसँगै अस्पतालमा आए । उनले पहिला क्वारेन्टाइन बस्नेलाई हप्तामा एकपटक कुखुराको मासु ख्वाएको अहिले हप्तैपिच्छे खसी काटेको भनेर गाउँलेले विरोध गरेको हामीलाई सुनाएका थिए । …………..का मानिसहरु कोरोना परिक्षणका लागि स्वाव दिन आउँदा गाउँपालिकाको गाडीमा जम्मा ४ जनामात्रै आएका थिए । उनिहरुलाई कोरोना पोजेटिभ देखिएको भए ………लाई चम्चाले भात खुवाउन लगाउँथे होलान । ……….को भाग्य बलियो रैछ । उनले भनेका थिए ।जनप्रतिनीधिबाट स्वाव लिन सुरु भयो । मेरो नम्बर चौथोमा थियो । मलाई स्वाव लिने स्टिक र त्यो राख्ने भाँडो समात्न दिँदा स्टिक भुँइमा खस्यो । मैले अर्को पाइन्छ कि भनेर सोधें । मलाई त्यो समात्न दिनेले पाइन्न भनिन् । मलाइ लाग्यो यहि भुँइको कोरानो पो मेरो नाकमा पुगेर देखिने होला ।मास्क लगाएर गएका थियौं । स्वाव दिन बसेपछि पहिला मास्क फुकाल्न संकेत गरे बुथभित्रका स्वास्थ्यकर्मीले । त्यसपछी चस्मा पनि । अनि पहिले देव्रेबाट लिए । फेरि दाहिनेबाट पनि लिए । स्वाव राख्ने बोत्तलको विर्को खोल्न लगाए । वुथभित्र पनि पिपिइ लगाएका कारण आँखाका आधारमा मैले उनि पुरुष भएको अनुमान गरेको थिएँ । साथीहरुले महिला हुन भने ।११ बजेतिर फर्किएर खाना खाएका थियौं । खाना खाइसकेपछि हाम्रो स्वास्थ्य परिक्षणका लागि खटिएका स्वास्थ्यकेमी घरतिर गए । उनी आफ्ना घरमा मान्ने छठ पर्वका लागि घर गएका थिए । एक जना सरले मेरो रिपोर्ट ल्याएर दिएका थिए । मैले १ घण्टाको डाटा लिएँ । त्यसले काम गरेन । एक जना साथीको हटस्पट प्रयोग गरेर रिपोर्ट कृष्ण सारु मगरलाई पठाइदिएँ ।यो माया भन्ने चिज यस्तै हो भन्ने लोकप्रिय कार्यक्रमकी सञ्चालिका सविना कार्कीसँग च्याटमा कुराकानी भयो । उनको वोचमा पुर्ख्यौली घर रहेछ । राफाएलले अलिक अगाडी मलाई उसँग जोडेको थियो । उनीहरु दोलखामा कृषि कार्य गर्ने कि भनेर सोचिरहेका रहेछन् ।विश्वास भण्डारीलाई आज पोजेटिभ भएको जानकारी दिएँ । उसले अहिलेसम्म किन नभनेको भनेर भने । मैले म अनलाइन नै आज आएको भनेर जवाफ दिएँ ।दिउँसो शङ्करले पनि फोन गरेको थियो । उ चरिकोट आएको भएर फोन गरेको थियो । उमेश घतानीसँग पनि आज कुरा भएको थियो च्याटमा । उसँग पनि विभिन्न विषयहरुमा कुरा भए ।विष्णु दाइले फोन गर्नुभएको थियो । रेडियो नाटक बनाउनुपर्ने कोरोनाका कारण काम गर्न पाइएको छैन । ढिला भयो भनेर भन्दै हुनुहुन्थ्यो ।एक हात तास खेल्यौं । यो पनि समय कटाउन राम्रै पो हुने रैछ । नत्र त दिनभर धुमधुमती बसेर कसरी कटाउनु होला ।बेलुका मलाई अनिलले फोन गरेको थियो । म पोजेटिभ भएको उसले कतैबाट जानकारी पाएछ । त्यहि भएर ३ पटकसम्म फोन गरेको रहेछ । मैले फोन छाडेको भएर पछि फिर्ता गरें ।हामीभन्दा पछिल्लो पटक आएका साथीले हामीले भोली छाडेपछी त म बौलाउँछु होला भनेको थिए । उनिसँगै आएका अर्का साथीले दिउँसो हामी सबै स्वाव दिन गएका बेला उ रोएको भनेकी थिइन् ।बेलुका रिताले फोन गर्दा आमाले कुरा गर्न खोज्नुभएको सुनाएकी थिइ । राती धेरै परिसकेको भएर आमालाई फोन चाँहि गरिन ।क्रमश………..
Be the first to comment on "कोरोना कैरन १३: ठट्टा पत्याएपछि !"