काठमाडौं : देशभर कोरोना संक्रमणले थप २ सय २५ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा ७९ जनाको मृत्यु भएपनि नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरिएको सहित २ सय २५ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो १ सय ३९ र अस्ति ८८ जना मृतक थपिएको मन्त्रालयले जनाएको थियो । पछिल्लो तथ्यांक सहित कोरोनाले मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ। गत २४ घण्टामा ९ हजार ४ सय ८३ जना संक्रमित थपिएका छन्। २० हजार ५ सय ९६ जनाको पिसिआर र ७ सय २० जनाको एन्टिजेन गरी २१ हजार ३ सय १६ जनाको परीक्षण गरिएको थियो । योसँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । कूल संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको मन्त्रालयको तथ्यांक छ । गत २४ घण्टामा ५ हजार २ सय २५ जना संक्रमित निको भएका छन्।
कोरोनाले २२५ जनाको मृत्यु, ९४८३ संक्रमित थपिए
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक २८ बैशाख २०७८, मंगलवार १८:२७
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "कोरोनाले २२५ जनाको मृत्यु, ९४८३ संक्रमित थपिए"