कोरोनाको असर ः दोलखामा नागरिकता र राहदानी वितरण नहुने

चरिकोट (दीस) –सरकारले चैत्र ९ गते देखी २१ सम्म जिल्ला प्रशासन कार्यालयबाट नागरिकता तथा राहदानी वितरण नहुने भएको छ । नेपाल सरकारले विश्व भर संक्रमण रुपमा फैलिएको संक्रमण नियन्त्रण गर्न अति आवस्यक सेवा बाहेक अन्य सेवा वन्द गर्ने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालयले यो निर्णय गरेको हो । आज सुचना निकाल्दै प्रशासन कार्यालयबाट नागरिकता तथा राहदानी सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले जानकारी दिए । त्यसैगरी वैतेश्वर गाउँपालिकाले पनि नियमित रुपमा संन्चालन हुने सरकारी तथा निजी सेवा वन्द गर्ने निर्णय गरेको गाँउपालिकाका प्रमुख छवि लामाले बताए । गैरीशंकर गाउँपालिकाले पनि नियमित सेवा बन्द गरेको गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत प्रदिप खडकाले जानकारी दिए । स्वास्थ्य तथा सरसफाई सेवा सुचारु हुने उनले जानकारी दिए । स्वास्थ्य सेवा शनिबार पनि सुचारु हुने उनले बताए ।

Shares

Be the first to comment on "कोरोनाको असर ः दोलखामा नागरिकता र राहदानी वितरण नहुने"

Leave a comment

Your email address will not be published.


*