राजकुमार भुजेल–
एसएलसी सकिएपछि एउटा जिन्दगीको यात्रा तय हुने गर्दछ। जब एसएसलसी पछि आफ्नो सपना पुरा गर्ने र आफ्नै देशमा रोजगारी पाए आफ्नै देशमा काम गर्ने इच्छाशक्ति सबैमा हुन्छ। तर नेपालमा पछिल्ला वर्षहरूमा युवाहरुले आफ्नै देशमा रोजगारी अवसर नपाउदा विदेश जान बाध्य भएका छन्। दिनहुँ त्यो विमानस्थल मा हातमा पासपोर्ट र सटिफिकेट लिएर लाइन बसेका छ्न। आफ्नो देशमा उच्चशिक्षा हासील गरेपछि आफुले सोचेभन्दा राम्रो जागिर को अबसर नपाउदा विदेश जान बाध्य हुने गरेको युवाहरुको गुनासो सुनिन्छ। सरकारले आफ्नै देशमा रोजगारी अवसर मिलाउने भनेर संविधान मा लेखेपनि व्यवाहारिक रुपमा दिन सकेको छैन। नेपाल सरकारको बर्षौ देखी निरन्तर निति तथा कार्यक्रम मा आफ्नो देशमा रोजगारी प्रदान गर्ने भनेर घोषणा त गर्छ तर त्यो घोषणापत्र मा मात्र सिमित रहेको युवाहरु को गुनासो छ । आफ्नै देशमा पर्याप्त मात्रामा जागिर र अबसर मिले आफ्नो देशमा पसिना बगाउने रहर युवाहरु मा छ । विदेशी भुमिको त्यो ५० देखी ६० डिग्री को तातो घाममा रगत पसिनाले लथालिङ्ग भएको शरिर कुन बेला कहाँ गएर समाप्त हुने भन्ने डर र धम्कि ले काम गर्नु पर्ने हुन्छ। राम्रो देशमा जानको लागि लाखौ लाख खर्च गरेर जान मुस्किल पर्छ । सामान्य परिवारमा आफ्नो परिवारलाई ऋण ले टाउको खाएको हुन्छ। छोराको पढाइ पनि १२ पास सकिन्छ त्यसपछि छोराहरू विदेशमा जान बाध्य हुन्छन्।” कठै मेरो देश!” यदि आफ्नै देशमा राम्रो रोजगारी पाए को जान्थ्यो होला त विदेश। सानो परिवारलाई ऋण ले टाउको दुखाएपछि आफ्नो घरमा भएका छोराछोरी दुवैलाई पनि तनाब हुने गर्दछ। त्यहि तनाव र घरको अवस्थामा देखेर उनीहरु लाखौ ऋण काडेर विदेश जान बाध्य हुने गरेको पाइन्छ । गत आर्थिक वर्ष २०७९- ८० मा मात्र विदेश जाने युवाको संख्या ७ लाख ७१ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएको तथ्याङ्क पाइएको छ। नेपालबाट दिनहुँ २ हजार देखि ३ हजार युवायुवतीहरु उच्च शिक्षा अध्ययनका लागि,घरेलु काम तथा मजदुरी को लागि विदेशीने गरेका छन् । आफ्नै देशमा रोजगारीको अवसर नपाउँदा कतिपय युवायुवतीहरु डिप्रेसनको सिकार समेत हुने गर्दछन्। आफ्नोे परिवार, साथीभाइ, इष्टमित्रहरुलाई देश छोडेर युवायुवती विदेशिएका छन्। विभिन्न मानिसको प्रलोभन वा मेनपावर को सहायतामा जान्छ। तर नेपालबाट हवाइजहाज चढ्ने बित्तिकै एउटा सपना बटुलेर उडेका हुन्छन्। जब उनीहरु विदेशी भुमिमा पाइलाहरू टेक्छन् ।
पाइला टेकेको दिन देखि आफ्नो परिवारको खुसि चहानालाइ त्यहि विदेशी भुमिमा सुम्पेका हुन्छन् । आर्काको देश, रहनसहन, भेषभुषालाई पछ्याउदै उनीहरु कुनै न कुनै काममा लागि पर्छन् वा बन्धनका पर्छन्। त्यो त त्यहि समयले बताउला ! विभिन्न घरको काम , ड्राइभर,अथवा अरु कुनै काममा व्यस्त हुने गरेका छन् । नेपालबाट विदेश जान्छु र धेरै पैसा कमाउछु भन्ने उदेश्यले हिडेका उदेश्य सँगै मृत्यु लाइ पनि सुम्पेका हुनछन्। नेपालबाट प्राय:जसो खाडि मुलुक ( कतार,दुवै, मलेसिया) जस्ता देशमा युवायुवतीहरु गएको पाइन्छ भने विकसित मुलुकहरू (अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया) मा गएका छन्। विदेशीनु पनि आफ्ने रहर होला बाध्यता होला । कसैको आफ्नो परिवार लाइ साहुको ऋण तिर्न नसकेर जानु पर्ने बाध्याता होला त कसैलाई डलर छाप्ने रहर होला । युवायुवती जो जुन देश गएपनि त्यहाको दु:ख कस्ट पिडा उनिहरुलाई थाहा होला । अहिले पछिल्लो समयमा खाडि मुलुक जाने युवा युवतीहरु लाइ बन्धक बनाएर राख्ने र यौनशोषण गर्ने जस्ता कु- दृष्टि बढ्दै गएको पाइन्छ । हरेक दिन हरेक महिना नेपालमा चल्ने “सिधा कुरा जनता सँग” भन्ने कार्यक्रममा नेपालीहरुको पिडा नियालेर मनन गर्न सक्छौ ।
त्यति मात्र नभइ काम गर्ने क्रममा विदेशमानै मृत्युवरण गरेको र विदेश मै विभिन्न अपराध मा फसेर मृतयुदण्ड भएको घटना छर्लङ्ग सुनिन्छ। अब त्योसको जिम्मा कस्ले लिने न सरकारले लिन्छ न त कुनै मेनपावर ले लिन्छ। यदि लिइ हाले पनि महिनौ बित्ने गर्दछ। वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार २०६४ सालदेखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १० हजार भन्दा धेरै नेपालीको मृत्यु भएको छ।
वैदेशिक रोजगारीमा रहेकाहरूको मृत्यु हुने क्रम वर्षेनी बढ्दो छ। आखिर आफ्नो देशमा एसएलसी पास गरेर आफ्नै देशमा काम गर्ने चाहाना हुदाँ हुदै पनि रोजगारी नपाँउदा केहि पैसा कमाएर परिवार लाइ खुसि दिन हिडेको छोरा छोरिको यो घटना ले कस्को मन रुदैन। तर पनि युवा युवतीहरु विदेशी रहेका छन्। आफ्नै देशमा राम्रो रोजगारी अवसर नपाउदा विदेशीनु पर्ने पिडा, बाध्यता भएको युवाहरु बताउछन्। तसर्थ सरकारले आफ्नै देशमा रोजगारी अवसर मिलाए युवाहरु विदेश जान कम हुन्थ्यो होला । आफ्नो पार्टी र सत्ताको पावर नलगाई उच्चा शिक्षाको आधारमा रोजगारीको अवसर दिए युवाहरु विदेश पलायन हुदैन थिए होला ।
अहिले नेपालमा बन्द अवस्थामा रहेका ठुला ठुला उधोग कलकारखाना सुचारु गर्दिए पनि केहि सम्म युवाहरु विदेश पलायन हुन कम हुने थियो। आफ्नै देशमा रोजगारीको अवसर पाएर आफ्नो आमाबाबु, छोराछोरी, श्रीमान श्रीमतीसँग खुसियालीका साथ रहन सकिन्थ्यो होला
Be the first to comment on "के अब अन्तिम विकल्प विदेश नै हो त ?"