कृषि विकास बैंक चरिकोट शाखाबाट ऋण नबुझाएमा कालोसुची पर्ने

चरिकोट– कृषि विकास बैंक चरिकोट शाखाबाट विभिन्न समयमा ऋण लिएर सावाँ व्याज नबुझाउने ऋणीहरु कालोसूचीमा पर्ने जनाएको छ । बैंकको बैंकिङ कार्यालय चरीकोटबाट व्यक्ति तथा संस्थाहरु गरि जम्मा ५५ जनाले विभिन्न उद्देश्यका लागि विभिन्न मितिमा कर्जा लिई भाखा नाघीसक्दा पनि सावाँ ब्याज बराबरको रकम बुझाउन नआएपछि बैंकले उक्त ऋणीहरुलाई कालो सुचीमा राखि धितो लिलाम गर्न लागेको हा े।

बैंकले मिति २०७४ पुष ५ गते राष्ट्रिय दैनिक पत्रकामा कर्जा बुझाउने बारेको २१ दिने सुचना प्रकाशित गरेको र पुन २०७४ चैत २१ गतेको दिन सम्मको लागि म्याद थप गर्दै ताकेता गर्दा पनि आलटाल गरि बुझाउनुपर्ने रकम नबुझाएको हुँदा अन्तिम पटक १५ दिनको लागि कर्जा बुझाउने म्याद थपेको बैंकका प्रबन्धक दिपक खतिवडाले जानकारी दिए। “हामीले पटक पटक ताकेता गर्दा समेत ऋणीले बेवास्ता गरेका कारण शाखा बाध्य भएर कडा रुपमा प्रस्तुत हुनु परेको हो” खतवडाले भने । “२०७५ बैशाख १२ गते बाट १५ दिनलाई थपिएको म्यादमा पनि कर्जा बुझाउन नआएमा बैंक तथा वित्तिय संस्था संम्बन्धि ऐन २०७३ र बैंकको नियम बमोजिम कर्जा लिँदा बैंकलाई लेखिदिएको धितो लिलाम बिक्रि गरि बैंकको सम्पुर्ण लेना रकम असुल उपर गर्नेछौं।”उनले भने। त्यस्तै निज कर्जाग्राहिको एकाघरको सदस्यका साथै धितो मन्जुरी नामा दिने व्यक्तिलाई समेत कालोसुचीमा राखीनेछ भन्दै प्रबन्धक खतिवडाले भने “सो धितोले नपुग भएमा निजको अन्य चल–अचल सम्पत्ती समेत लिलाम गरि असुल गर्ने अधिकार बैंकमा रहेकोले सबैलाई इमानदारीपूर्वक कर्जा बुझाउन अनुरोध समेत गरे।

Shares

Be the first to comment on "कृषि विकास बैंक चरिकोट शाखाबाट ऋण नबुझाएमा कालोसुची पर्ने"

Leave a comment

Your email address will not be published.


*