कृषि उद्यमशिलतामा आरआरएनको ५ करोड ३७ लाखको कार्यक्रम

अर्जुन अपवाद/चरिकोट–दोलखा जिल्लामा कृषि उद्यमशिलता प्रवर्दनका क्षेत्रमा ३ वर्षको साना किसान शसक्तिकरणका लागि कृषि उद्यमशिलता परियोजना सञ्चालन भएको छ । नेपाल ग्रामिण पुननिर्माण संस्था आर आर एन ले दोलखाका शैलुङ गाउँपालिकाका ८ र भीमेश्वर नगरपालिकाका २ वडामा उक्त परियोजना सञ्चालन गरेको हो । आज चरिकोटमा आयोजित परियोजना अभिमुखिकरण गोष्ठीमा यो कुराको जानकारी दिइएको हो ।
२०७६ कार्तिकबाट सुरु भएको यो परियोजना २०७९ असोज महिनासम्म सञ्चालन हुने आरआरएन दोलखाका कार्यक्रम संयोजक टंक उप्रेतिले जानकारी दिए । उनका अनुसार कार्यक्रमपश्चात कार्यक्रम क्षेत्रका जनताको आम्दानीमा सरदर ३५ प्रतिशत वृद्धि हुने अपेक्षा गरिएको छ । कार्यक्रमअन्तर्गत कृषि बाली विविधिकरण, कृषि उपज उत्पादन, प्रशोधन, मूल्य श्रृङ्खला वृद्धि लगायतका कार्य गरिनेछ । कार्यक्रम अवधीमा ५ करोड ३७ लाख ५३ हजार ९ सय ८४ रुपैंया खर्च गरिनेछ । कार्यक्रम शैलुङ गाउँपालिकाको १-८ वडामा र भीमेश्वर नगरपालिकाको ८ र ९ नं. वडामा सञ्चालन हुनेछ ।
भीमेश्वर नगरपालिकाका मेयर भरत केसीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा आरआरएनका कार्यकारी निर्देशक रत्न कार्की, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्ला समन्वय समितिका संयोजक डबल पाण्डे लगायतले मन्तव्य राख्दै कृषीमा सुधार भएमा मात्र सरकारले लिएको समृद्दि सपना पुरा हुने बताएका बताएका थिए ।

 

Shares

Be the first to comment on "कृषि उद्यमशिलतामा आरआरएनको ५ करोड ३७ लाखको कार्यक्रम"

Leave a comment

Your email address will not be published.


*