कृषिको समृद्धिमा सुस्त गति

इश्वर दाहाल
नेपालको समग्र अर्थव्यवस्था तथा आर्थिक विकास कृषिमा नै आधारित रहेको परिप्रेक्ष्यमा कुल ग्रार्हस्थ उत्पादनमा करिब ३२ प्रतिशत योगदान कृषिक्षेत्रले पुर्याइरहेको छ । नेपाल कृषि प्रधान देश हो भनेर हामीले हाम्रो पुस्तालाई अवगत गराउदै आएका छौँ । तथापि ग्रामीण भेगमा भने कृषिमा नै निर्भर अर्थतन्त्र चलिरहेको पनि छ । पछिल्लो अवस्थामा हेर्ने हो भने कृषिमा व्यवसायिकताको लहर पनि चलेको छ यसले पनि केही मात्रामा भए पनि उत्पादनमा वृद्धि भएको छ । झन यो कोरोनाको महामारीको चपेटामा परेसि त खाध सङ्कटको समस्या देखा पर्ने सहज आकलनले गर्दा पनि सहर बाट गाउँ झरेका मानिसलाई समेत बाँझो खेतबारि फोड्ने उर्जा मिलेको छ । ग्रामिण विकासको लागि समेत कृषि क्षेत्रमा व्यवसायिकता र आम नागरिकलाई रुचि बढाउन तर्फ स्थानीय सरकारको ध्यान जाने हो भने समृद्धिको बाटो कृषि क्षेत्रमा सहज रुपमा पहिल्याउन सकिन्छ । पछिल्लो समय विश्वासमा नै चरम मानवीय संङ्कटका रुपमा देखा परेको कोरोना भाइरसले विश्व अर्थतन्त्रमा नै ठुलो सङ्कट पैदा गरेको छ । यसले कयौं रोजगार प्रदायक कम्पनी बन्द हुने अवस्थामा पुगेका छन भने केही चरम संङ्कटमा गुज्रिएका छन । नेपाल जस्तो विकास उन्मुख देशका लागि त झन यो महामारीको सङ्कट भयावहक रुपमा पैदा भएको छ । बाह्य देशका श्रम बजारमा रहेका कयौं नागरिकको रोजगार खोसिए सँगसँगै कयौंको रोजिरोटि नै बन्द भएर खालि हात नेपाल फर्कन बाध्य भएका छन । कोरोना महामारीको सङ्कटले नै बाहिरी देशमा बसेर रोजगार गरुरहेका करिब ८ देखि ९ लाख युवाहरु बेरोजगार भएर नेपाल फर्कन लागिरहेका छन । यिनिहरुलाइ व्यवस्थापन गर्नको लागि भनेको सहज र तत्कालीन साथै देशको अर्थतन्त्र सबल र सुदृढीकरण गर्नका लागि भनेको एकमात्र विकल्प कृषि क्षेत्र नै हो । हाम्रो आयातमुखि कृषि उत्पादनमा अब यो जनशक्तिको भरपुर प्रयोग गरि कमसेकम देशलाई मात्रै भए पनि कृषि उपज खाधन्नको आत्मनिर्भर गर्न सकियो भने आयातित उत्पादनमा रोक लाग्नाले मात्रै पनि ठुलो रुपमा बाहिरिएको अर्तन्त्र नेपालमा नै रोक्न सकिन्छ यसले नेपालको आर्थिक विकासमा ठुलो भुमिका खेल्दछ ।
कृषिमा आमुल परिवर्तन र दिगो विकास चाहने हो भने कृषकको मनोबल उच्च राख्नुको साथै कृषिमा नै लागेर उत्पादनमा जोडिने कृषक को सहि रुपमा पहिचान गरि उनिहरुलाइ मल बीउ र उत्पादित उत्पादनको बजारिकरणको प्रष्ट रुपमा जिम्मेवारी लिनुपर्छ । अहिले बाहिर बाट बेरोजगार भएर नेपालमा फर्केका ती १० लाख युवालाई बाँझो रहेका खेतबारिमा आकर्षण गरि दिर्घकालिन रुपमा नै उनिहरुको सीप क्षेमता र अनुभबको कदर गरि कृषिमा नै भविश्य देखाउन सक्ने हो भने राज्यले सदैव कृषिको परनिर्भरता हटाउन सकिन्छ । कुल जनसंख्याको ८६ प्रतिशतभन्दा बढी अंश ग्रामीण क्षेत्रमा बसोबास गर्ने हाम्रो देशमा कृषि पेसा ग्रामीण समुदायको जिवनपद्धतिका रुपमा रहेको छ । परम्परागत खेतिप्रणालिको बाहुल्य रहेको नेपालको कृषिक्षेत्र मुलतः जीवननिर्वाहमुखि प्रकृतिको छ भुमिको असमान वितरण जमिनको अत्याधिक खण्डिकरण, सिंचाइ सुविधाको अभावमा आकासे खेतिको अवस्था कम उब्जाउ पहाडी भु बनोवटको बाहुल्य माटाको उर्बराशक्तिमा क्रमिक ह्रास, उत्पादनका आधुनिक साधनको कम प्रयोग जस्ता कयौं समस्याका कारण उत्पादनमा वृद्धि हुन सकेको छैन यी समस्याको समुचित रुपमा राज्यले हल गर्दै सिंचाइ सुविधाको विस्तार , उन्नत मल तथा बिउको उपलब्धता प्रविधिको उपयोगद्वारा उत्पादनमा वृदि साथै उत्पादित वस्तुको समयमा ढुवानि तथा वजारिकरणकालागि ग्रामीण सडक र यातायातको विकास तथा विस्तारद्वारा बजार प्रवद्धन गरि बेरोजगार आम नगरिकलाइ दिर्घकालिन रुपमा नै कृषिको माध्यमबाट रोजगारी दिनुका साथै नेपालको कृषितन्त्रमा आमुल परिवर्तन गर्नुका साथै कृषिको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सक्दछ । लेखक नेपाल युवा परिषद दोलखाका अध्यक्ष समेत हुनुहुन्छ

 

Shares

Be the first to comment on "कृषिको समृद्धिमा सुस्त गति"

Leave a comment

Your email address will not be published.


*