कुकुरबाट कन्फर्म कोरोना !

पत्रकार अर्जुन अपवाद कोरोनाबाट संक्रमित भए । अहिले उनि कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनले स्वाव दिँदादेखि रिपोर्ट नेगेटिभ आउँदासम्मको समयलाई दैनिकीका रुपमा लेखेका छन् । उनको दैनिकीलाई हामी यो श्रृङखला १५ अंकसम्म प्रकाशन गर्नेछौं

२०७७ कार्तिक २९ गते ःआज कुकुरतिहार । घरमा आमाले विहानै कुकुरलाई भात दिनु भयो होला । हिजो कागलाई । विहान खानेबेला कुकुरलाई भात त छुट्याएँ । हिजो कागलाई छुट्याउन त विर्सेछ । यता आफूले आफैंलाई विर्सन लागिसकेको अवस्था छ । चाडबाड के सम्झनु ! हामीले खाना खाने ठाउँमा बेलाबेला कुकुर आइरहन्थे । कुकुरले कन्फर्म कोरोना सार्छ भनेर फोक्सोटाइजर चढाएको साथीले भनिरहन्थ्यो । कोरोना रोगका बारेमा अहिले त डर धेरै कम भइसक्यो । सुरुमा हाम्राजस्तै क्वारेन्टाइनमा छिरेका कुकुरलाई पनि कुटिकुटि मारेको भन्ने गाउँमा हल्ला थियो । बैशाख जेठतिर । मेरो एसएलसी दिँदाको सहपाठी मित्रलाई जेठको अन्तिममा कोरोना संक्रमण देखिएको थियो । उनलाई घरमा नै बस्छु भन्दा पनि सरकारले अस्पतालामै राखेको थियो । अहिले त सरकार पनि थला प¥यो । अप्ठ्यारो नहुन्जेल अस्पताल नआए हुन्छ भन्दियो । सबै कुरा सुरुमा अलिक अत्याउने नै त हुन्छन् । कोरोना पनि सुरुमा चिनमा देखिँदा यता यता धेरैको सातो उडेको थियो । अहिले आफूले चिनेका रदेखेका साथीहरुलाई पनि रोग लागिसक्यो । कतिपय अवस्थामा त प्रम केपि ओलीले भनेको जस्तै १र२ पटक हाच्छ्यौं गरेर भगाउने जस्तै भैसक्यो ।विहानै वोका काट्नलाई हामीलाई खाना बनाएर दिने दाइ मानिस खोज्न गए । हिजो उनले निधो गरेको मानिसले ढाँटेको अर्का दाइले बताएका थिए । मैले हिजो आफैंले काटे हुन्न र भन्दा दाईले खुकुरी र अचानो नभएको बताएका थिए । हामी बसेको वरपर भएका स्थानीयले यहाँ कुनै पनि सामान दिँदा रैनछन् । ब्याडमिन्टन कोर्टमा साथीहरुले बाँस गाडेर नेट टाँग्न खोज्दा खाल्डो खन्नका लागि झ्याम्पल नपाएर त्यसै वारपार टाँगेर काम चलाएका थिए । जिन्दगी त जसरी चलाए पनि चल्ने रैछ ।मैले राजनलाई फोन गरेर तिहारको शुभकामना दिएँ ।एकजना साथी विहानको खाजा खाएर घर गए । उनि हिजैदेखी घर जान खोजिरहेका थिए । हामीले १२ बजेतिर खाना खायौं । कुकुरहरु खाना खान आए । कुकुरका गलामा माला थिए । मैले फोटो खिचें ।बेलुका कार्की आमैको घरमा दिपावली गरेको थियो । त्यो हाम्रो क्वारेन्टाइनको सबैभन्दा नजिकको घर थियो । मैले उनको घरको फोटो खिचें । घरमा पनि यसैगरि वत्ति बालिए होलान । बाले अरुका घरमा पनि रंगेली बनाए । हाम्रामा नबनाउने हो भनेर भाइलाई रंगेली बनाउन लगाए होलान् । वा यस्ता बेला के चाड मनाउनु भनेर चुपचाप बसे होलान् ।तिहारलाई उज्यालो र फूलहरुको चाड भनिन्छ । हामी बसेका ठाउँमा पनि आउँदा मज्जाले सयपत्री फूल फूलेको थियो ।
जेठमा आउँदा मैले रोपेको थिएँ । अहिले मज्जाले फूल्यो । दाईले भनेका थिए ।नयाँ थपीएको साथी हाम्रो कोठामा आएर बसे । उनले पालिकाका स्वास्थ्य संयोजक, प्रदेश सांसद तथा संघिय संसदसम्मलाई फोन गर्न भ्याए । हामी त बिरामी पो त । कसरी यो चिसोमा बस्ने ?उनले प्रश्नको के जवाफ पाए कुन्नी । कसैले सोधेनन् । उनले आफैं यसो भने भनेर भनेनन् ।
क्रमश………..

Shares

Be the first to comment on "कुकुरबाट कन्फर्म कोरोना !"

Leave a comment

Your email address will not be published.


*