कुकुरको भोक मेटाउन युवाको सक्रियता

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ २६
कुकुर पाल्नु कतिपयको सौख हो, भने कतिपयको बाध्यता पनि बन्ने गरेको छ । घरका साथै धनको निगरानी तथा सुरक्षाको लागि सिसी क्यामरा जडान गर्न मिल्ने भएपनि धेरै मानिसले कुकुर पाल्ने गरेका छन् । चरिकोट बजार क्षेत्रका मानिसले पनि कुकुर पाल्छन् । तर तिनै मानिसले आफ्नो स्वार्थपूर्ति भएपछि वा कुकुर बुढो भएपछि जथाभावी छाड्दा बजार क्षेत्रमा कुकुरको विगविगी बढेको छ । कुकुरको विगविगी बढ्दा रेविजको जोखिम र अन्य चूनौती पनि उतिकै रहेको छ । सम्बन्धित निकायले चासो नदिँदा बजार क्षेत्रमा छाडा छाडिएका कुकुरको संख्या न्यूनिकरण हुन सकेको छैन् । अहिले कोरोना न्युनिकरणका लागि जारी निषेधाज्ञाका कारण होटल, पसल बन्द छ । जसले गर्दा बजार क्षेत्रमा छाडा छाडिएका कुकुरले खान पाएकाे छैन्  । भाेकाे भएकाे कुकुरहरुले मान्छे देख्ने बितिकै झम्टिने, टोक्ने गर्न थालेको छ । भने कतिपय मर्न समेत थालिसकेका्े छ । तर चरिकोटका तिन युवाहरु भने व्यक्तिगत लगानीमा आहारा खुवाई कुकुर बचाउने अभियानमा जुटेका छन् । सामाजिक अभियान्ता राजन बस्नेत, भरत बस्नेत र विष्णु शिवाकोटी यस अभियानमा जुटेका हुन् । केहि व्यक्तिहरुले हिजो सामाजिक सञ्जाल फेसबुकमा कुकुर भोकाएको भन्दै पोस्ट गरेपछि उनिहरुको ध्यानाकर्षण भएको थियो । त्यसपछि बस्नेतको टोलीले कुकुरलाई खानेकुरा खुवाउन थालेका हुन् । आज ३०–४० वटा कुकुरलाई विस्कुट, दुनोटसहितको खानेकुरा खुवाएको र यो अभियानले निरन्तरता पाउने अभियान्ता राजन बस्नेतले बताए । निषेधाज्ञाका कारण मानिसलाई त खान सकस पर्ने अवस्थामा कुकुरलाई खानेकुरा खुवाउन कसैले पनि ध्यान दिने अवस्था छैन् । निषेधाज्ञा अघि होटल तथा पसलले दिएको वा फालेको खानेकुरा खाएर बाँच्ने कुकुरहरु अहिले भोकै हुन थालेपछि कुकुरलाई खुवाउने कार्यको सूरुवात गरिएको उनले बताए । उनले भने ‘ मैँले बुझेको समाज सेवा व्यक्तिगत स्वार्थभन्दा माथी उठेर समाजको सर्वाेपरि हितको निम्ति लाग्नु हो । त्यही हितका निम्ति आफ्नो तर्फबाट सकेको कार्य गरिरहेको छु ।’

Shares

Be the first to comment on "कुकुरको भोक मेटाउन युवाको सक्रियता"

Leave a comment

Your email address will not be published.


*