किर्नेको धुलिखेल अस्पतालमा २४ घण्टे बर्थिङ्ग सेन्टर सुरु

दिपक बस्नेत, किर्नेटार –दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ५ किर्नेको धुलिखेल अस्पतालमा २४ घण्टे बर्थिङ्ग सेन्टर सुरु भएको छ । तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले रिवन काटेर बर्थिङ्ग सेन्टर उद्धघाटन गरेका छन् । उत्घाटन कार्यक्रममा अध्यक्ष पोखरेलले अव पालिकाको सवै वडामा सुरक्षित सुत्केरी सेवा स्थापना भएको बताए । पालिकाले यो बर्ष डाक्टर सहितको अस्पताल संचालन गर्न लागिएको यसकोलागि सम्पुर्ण प्रक्रिया पुरा भइसकेको उनले. जानकारी दिए । अवका दिनमा धुलिखेल अस्पताल किर्नेले राम्रो गुणस्तरिय सेवा प्रधान गर्नेमा आफुलाई विश्वास रहेको बताए । कार्यक्रममा पोखरेलले तामाकोशी गाउँपालिका स्वास्थ्यको क्षेत्रमा संवेदनशिल रहेको जिकिर गरे ।
धुलिखेल अस्पताल किर्नेले दैनिक ७० जना विरामिको गुणस्तरिय र सस्तोमा उपचार गर्ने गरेको अस्पतालका डाक्टर रोशन कुमार महतोले बताए । उनले बथिङ्ग सेन्टरको व्यवस्थापन धुलिखेल अस्पताल र तामाकोशी गाउँपालिकाको संयुक्त रुपमा हुने बताए ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समिति सदस्य हरि कार्की, हिमाल हाइड्रोपावरका म्यनेजर श्यम भट्टले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा तामाकोशी गाउँपालिकाका प्रशासकिय अधिकृत विज्ञान कोइला, स्वस्थ्या प्रमुख अरुन कुमार मिश्र, लगाएत अन्य कर्मचारी , स्थानिय, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

Shares

Be the first to comment on "किर्नेको धुलिखेल अस्पतालमा २४ घण्टे बर्थिङ्ग सेन्टर सुरु"

Leave a comment

Your email address will not be published.


*