सिंगटी (दीस) – कोरोनाको विरुद्ध उपचार गर्न दोलखाका २ उत्तरी गाउँपालिकाले निर्माण गरेका आइसोलेसन कक्ष आज अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे ,भीमेश्वर नगरपालिकाका मेयर भरत के.सी , नेकपा दोलखाकी नेत्री रिता रिमाल सहितको टोलीले मंगलबार २ पालिकाले निर्माण गरेका आइसोलेसन कक्षको अनुगमन गरेको हो । कालिन्चोक गाउँपालिकाले ५ वेड सहित सिंगटी प्राथमिक केन्द्र तथा विगु गाउँपालिकाले सिंगटीमा रहेको आँखा अस्पताल सँगै दश वेड सहित आइसोलेसन कक्ष निर्माण गरेका छन् । दुवै पालिकाले निर्माण गरेका आइसोलेसन कक्ष सन्तोषजक रहेको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले बताउनु भयो । आइसोलेसन कक्ष निर्माण भएपनि स्वास्थ्य सामाग्री तथा स्वास्थ्य कर्मी अभाव रहेको विगु गाउँपालिकाका प्रमुख युधिष्ठिर खडकाले बताउनु भयो ।
कालिन्चोक र विगु गाउँपालिकाका आइसोलेसन कक्षको अनुगमन
Posted By: दीक्षण दैनिक १२ चैत्र २०७६, बुधबार १९:०५
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "कालिन्चोक र विगु गाउँपालिकाका आइसोलेसन कक्षको अनुगमन"