दीक्षण समाचार चरिकोट, पुुस २ –दोलखा सदरमुकाम चरिकोटस्थित कालिन्चोक माध्यमिक विद्यालयले आफ्नो स्वर्णमहोत्सवको शुभारम्भ गरेको छ । स्वर्णमहोत्सव सङ्क्षिप्त समारोहका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले पानसमा बत्ती बालेर, केक काटेर र कालिन्चोक बालवाटिकामा वृक्षरोपण गरेर स्वर्ण महोत्सवको शुभारम्भ गरेका हुन् । सोही अवसरमा प्रमुख केसीले कालिन्चोक क्यान्टिनको समेत उद्घाटन गरेका छन्। २०२८ साल पुस २ गते स्थापना भएको कालिन्चोक माध्यमिक विद्यालयले यस वर्ष वृहत् स्वर्णमहोत्सवको कार्यक्रम आयोजना गर्ने लक्ष्य राखेको भए पनि विश्वव्यापी कोरोना महामारीको कारण कार्यक्रमलाई शुभारम्भको रुपमा मात्रै मनाएको हो । सङ्क्षिप्त समारोहमा विद्यालयका प्रधानाध्यापक नवराजप्रसाद न्यौपानेले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आर्थिक वर्ष २०७६÷०७७ को बजेट प्रस्तुत गर्दै ३ करोड ३ लाख ५५ हजार ५ सय ६६ रुपैयाँ आम्दानी भएको र ३ करोड १७ लाख २९ हजार ७ सय ७० रुपैयाँ खर्च भएको जानकारी दिए ।२०२८ साल पुस २ गते स्थापना भएको कालिन्चोक माध्यमिक विद्यालयले यस वर्ष वृहत् स्वर्णमहोत्सवको कार्यक्रम आयोजना गर्ने लक्ष्य राखेको भए पनि विश्वव्यापी कोरोना महामारीको कारण कार्यक्रमलाई शुभारम्भको रुपमा मात्रै मनाएको हो ।
विद्यार्थीलाइ छात्रवृत्ति प्रदान–कार्यक्रममा विद्यालयका जेहेन्दार छात्र कक्षा ९ का सविन बुढाथोकी र कक्षा १० का रञ्जना केसीलाई टिका–रत्न छात्रवृत्ति प्रदान गरिएको छ । स्वर्गीय टीकाप्रसाद न्यौपाने र रत्नदेवी न्यौपानेको स्मृतिमा प्रधानाध्यापक नवराज प्रसाद न्यौपानेले स्थापना गरेको सो छात्रवृत्ति कोषले उनीहरुलाई जनही २५ सय रुपैयाँ प्रदान गरेको हो । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष सुवास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख शङ्करबाबु श्रेष्ठले शुभकामना व्यक्त गरे । कालिन्चोक माध्यमिक विद्यालय ५० औँ वर्षमा प्रवेश गरिरहँदा प्रदेश सरकारबाट नमुना विद्यालयको रुपमा कार्यक्रमहरु अघि बढाइरहेको छ । विद्यालयमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी संकायमा विभिन्न विषयहरुको अध्यापन हुँदैआएको छ । त्यसैगरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सम्बन्धनमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङको कक्षा सञ्
Be the first to comment on "कालिन्चोक मावि ५० औँ वर्षमा"