कालिन्चोक गाउँपालिकामा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरि हत्या

चरिकोट -जिल्लाको कालिन्चोक गाउँपालिका ६ लापिलाङमा गएराति श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन् ।लापिलाङको आग्रालय नजिकै थारुदेसे भन्ने बस्तीका २७ वर्षीय हिमाल थामीले २२वर्षीया श्रीमती सुनिता थामीको खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष मानसिंह थामीका अनुसार राति २स्३० बजेतिर घटनाबारे जानकारी आएको र तत्कालै घटनास्थल पुग्दा श्रीमान हिमाल भने फरार भइसकेका थिए ।

अध्यक्ष थामीले के कारणले हत्या गरे भन्ने खुलिनसकेको बताएका छन् । मृत अवस्थामा रहेकी सुनिताको शरिरका विभिन्न भागसँगै टाउकोमा छिया छिया हुने गरि खुकुरीको प्रहार गरिएको छ ।

फरार हिमाललाई डिएसपी रिजाल खटिएकै टोलीले कालिञ्चोक गाउँपालिका ७ सिसागोलाई नजिकैको क्षेत्रबाट पक्राउ गरेकाे छ । प्रहरी प्रमुख रिजालले आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको जनाउँदै घटनाबारे थप अनुसन्धान गर्न आफै घटनास्थल तर्फ गइरहेको बताएका छन् । रिजालका अनुसार यसअघि पनि आरोपित हिमाल थामीकी पहिलो श्रीमती झुन्डिएर आत्माहत्या गरेकोे र त्यसलगत्तै दोस्रो विवाह गरेर भित्राइएकी सुनितालाई त्यसरी हत्या गर्नुमा केही रहस्य हुन सक्ने भएकोले गहिरो अनुसन्धान आवश्यक छ । पक्राउ परेका थामीलाई सदरमुकाम चरिकोट लगिएको छ ।

Shares

Be the first to comment on "कालिन्चोक गाउँपालिकामा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरि हत्या"

Leave a comment

Your email address will not be published.


*