कालिन्चोक गाउँपालिकाको केन्द्र विवाद मिलाउने जिम्मा हाइकमाण्डलाई

चरिकोट –दोलखाको कालिन्चोक गाउँपालिकाको केन्द्र विवाद मिलाउने जिम्मा नेकपाको हाइकमाण्डले पाएको छ । नेकपा दोलखाको आयोजनामा आज चरिकोटमा भएको छलफलमा विवाद मिलाउन हाइकमाण्डलाई सो जिम्मा दिएको स्रोतले बताएको छ । हाइकमाण्डमा सो पालिकाका जिल्ला स्तरका पदाधिकारी , नेकपा दोलखाका अध्यक्ष ईस्वरचन्द्र पोखरेल, सचिब गोपाल पाण्डे , जिसस प्रमुख डबल पाण्डे ,सांसद पार्वत गूरुङ , प्रदेश सचिब आनन्द पोखरेल तथा नेकपा दोलखाकी ईन्चार्ज देवी खडका लगायतका नेता रहेको बताइएको छ । हाइकमाण्डले पालिकको केन्द्र आज टुङगो लगाउने र भोली विहान ७ बजे बस्ने नेकपाको पालिका स्तरका नेताको बैठकले अनुमोदन गर्ने पनि जनाइएको छ । आज दिउँसो नेकपाको आयोजनामा कालिन्चोक गाउँपालिकाका अध्यक्ष विन कुमार थामी ,उपाध्यक्ष कालिका पाठक ,पाटीबाट निर्वाचित वडा अध्यक्ष , पाटी कमिटीका वडा अध्यक्ष ,सचिव तथा सो पालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटीका सदस्य तथा पालिकामा रहेका सचिवालय सदस्यले आप्mनो धारणा व्यक्त गरेको र कुनै सहमति नभएको एक जिल्ला कमिटि सदस्यले बताए । उनका अनुसार आज हाइकमाण्डले गर्ने निर्णय सवै मान्य सहमति भएको उनले बताए । सो निर्णय भोलि विहान वस्ने बैठकले अनुमोदन गर्ने पनि उनले जानकारी दिए ।

Shares

Be the first to comment on "कालिन्चोक गाउँपालिकाको केन्द्र विवाद मिलाउने जिम्मा हाइकमाण्डलाई"

Leave a comment

Your email address will not be published.


*