कालिन्चोक गाँउपालिका मानवअधिकार कार्यान्वयन प्रतिवद्ध

चरिकोट –दोलखाको कालिन्चोक गाँउपालिकाले समावेशी शासन, मानवअधिकारका विविध पक्षहरु, स्थानीय स्तरका नीति तथा निर्देशिकाहरुको कार्यान्वयन प्रतिवद्ध रहेको जनाएको छ । मंगलवार भएको स्थानीय सरकारका प्रतिनिधिहरुको लागि एक दिने मानवअधिकारको अन्तराष्ट्रिय विषयबस्तु र यसको स्थनीयकरण सम्वन्धि नीतिगत सम्वाद कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकले गााउँपालिका सो निर्देशिका कार्यन्वयन गर्न तयार रहेको बताइन । उनले गाउँपालिकाका  मानवअधिकारको कार्यन्वयन गर्न सधै तयार रहेको वताइन । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को आयोजनामा भएको उक्त कार्यक्रममा कालिञ्चोक गाउँपालिका निर्वाचित जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि गरी २७ जनाको सहभागिता रहेको थियो ।
स्थानीय पहलको लागि क्यानेडियन कोषको सहयोगमा दोलखा जिल्लाको ९ वटा स्थानीय तहमा स्थानीय सरकारका प्रतिनिधिहरुको समावेशी शासन, मानवअधिकारका विविध पक्षहरु, स्थानीय स्तरका नीति तथा निर्देशिकाहरुको कार्यान्वयनका नीति सम्बादको माध्यमबाट क्षमता बढाउने उक्त कार्यक्रम दोलखामा सञ्चालन हुँदै आएको छ ।

कालिञ्चोक गाउँपालिकाका उप प्रमुख कालिका पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण मानव अधिकार एलाइन्सका उपाध्यक्ष बिदुर सुवेदी युवा मानव अधिकारकर्मी निरोज न्यौपाने मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपालका कार्यकारी निर्देशक सुन्दर लामीछाने लगायतले सहजीकरण गरेका थिए ।

Shares

Be the first to comment on "कालिन्चोक गाँउपालिका मानवअधिकार कार्यान्वयन प्रतिवद्ध"

Leave a comment

Your email address will not be published.


*