कालिञ्चोक गाउँपालिका–६ मा महिला भलिबल प्रतियोगिता सुरु

दीक्षण समाचार
चरिकोट, कार्तिक १६
दोलखाको कालिञ्चोक गाउँपालिका–६ लापिलाङ्ग स्थित जनज्योती माविको खेल मैदानमा वडा स्तरिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान चाड दिपावली, छठ र नेपाल सम्बतको अवसवरमा वडास्तरीय खेलकुद विकास समिति र वडाको संयुक्त आयोजनामा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नारा सहित सुरु भएको प्रतियोगितामा ६ भन्दा बढी खेलाडी समुहको सहभागिता रहेको छ ।


तीन दिनसम्म चल्ने प्रतियोगितामा प्रथम हुने समुहले १५ हजार, दोस्रो हुने समहुले १२ हजार नगद, तृतिय हुनेले ९ हजार र सान्त्वना हुने समुहले ६ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छन् । साथै उत्कृष्ट हुने खेलाडलाई नगद १ हजार सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
वडा अध्यक्ष मानसिंङ थामीको अध्यक्षतामा भएको प्रतियोगिता उद्धघाटन सत्रमा जिल्ला समन्वय समिति प्रमुख पाण्डे, पालिका अध्यक्ष विनकुमार थामी, उपाध्यक्ष कालिका पाठक लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिका–६ मा महिला भलिबल प्रतियोगिता सुरु"

Leave a comment

Your email address will not be published.


*