कालिञ्चोक गाउँपालिकामा प्रथम कालिञ्चोक अध्यक्ष कप, खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०७७ हुने

दीक्षण समाचार चरिकोट, पुस २–दोलखाको कालिञ्चोक गाउँपालिकामा प्रथम कालिञ्चोक अध्यक्ष कप, खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०७७ हुने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराको साथ गाउँपालिकाको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।प्रतियोगिता आगामी पुस १५ देखि १८ गतेसम्म वडा नं. ५ लापिलाङको खेलमैदानमा सञ्चालन हुने कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विन कुमार थामीले बताए ।प्रतियोगिता पुस १५ देखि १८ गतेसम्म वडा नं. ५ लापिलाङको खेलमैदानमा सञ्चालन हुनेयुवामा रहेको अन्र्तनिहित क्षमतालाई उजागर गर्नुका साथै कोरोनाको कारण ठप्प रहेको खेलकुद क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताको तयारीमा पालिका सक्रिय भएको अध्यक्ष थामीले बताए । प्रतियोगितामा जिल्लाका सबै स्थानीय तहका खेलाडीलाइ खेलमा सहभागी हुन उनले आग्रह समेत गरेका छन् ।प्रतियोगितामा प्रथम पुरस्कार नगद रु १ लाख, द्धितिय पुरस्कार नगद रु ७० हजार, तृतीय पुरस्कार नगद रु ५० हजार, सान्त्वना पुरस्कार नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकुद विकास समिति कालिञ्चोक गाउँपालिकाका अध्यक्ष एवं वडा नं. ५ का वडाध्यक्ष सुवास थामीले जानकारी दिए । साथै उत्कृष्ठ स्पाइकर, सटर, सर्भर, डिफेन्डर र उत्कृष्ठ खेलाडीलाई नगद २ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिकामा प्रथम कालिञ्चोक अध्यक्ष कप, खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०७७ हुने"

Leave a comment

Your email address will not be published.


*