कालिञ्चोक गाउँपालिकामा तालाबन्दी,वडाअध्यक्षद्धारा १० दिनभित्र कार्यालयको काम सुचारु गराउन माग

दोलखा, २० चैत
कालिञ्चोक गाउँपालिका कार्यालयको कामकाज ३ दिनदेखि ठप्प भएको छ । विकास निर्माणको रकम माग गर्दै कालिञ्चोक गाउँपालिका वडा नं. ७ र ८ सुनखानीका स्थानीय उपभोक्ताले कार्यालयमा तालाबन्दी गरेपछि कामकाज समेत ठप्प भएको छ ।
कार्यालयमा तालाबन्दी गरेपछि कर्मचारी र जनप्रतिनिधिहरु समेत गाउँपालिका गएका छैनन् । तालाबन्दी पनि कालिञ्चोक गाउँपालिकाका ६ जना वडाअध्यक्षहरुको सोमबार संयुक्त बैठक बसी १० दिनभित्र कार्यालयको काम सुचारु गराउन माग गरेका छन् । उनीहरु कार्यालय खोल्नका लागि गाउँपालिका अध्यक्ष विनकुमार थामीलाई पत्र लेखेर यस्तो आग्रह गरेका छन् । उनीहरुले उपाध्यक्ष कालिका पाठक, प्रशासकीय अधिकृत सुरज अर्याल, जिल्ला समन्वय समितिको कार्यालय र जिल्ला उनीहरुले नै १० दिन भित्र भन्ने लामो समयको माग राखेका छन् ।
उनीहरुले ९ वटै वडाका कर्मचारीको व्यवस्थापन र तलब भत्ताको व्यवस्थापन गर्न र कर्मचारी नियमित गराउन माग गरेका छन् । उनीहरुले आर्थिक वर्ष २०७४।७५ को विनियोजित बजेटका योजनाको काम हुन नसकेको र सम्पन्न भएका योजनाको भुक्तानी गर्न समेत माग गरेका छन् । गाउँपालिका भित्रको काम अपारदर्शी भएको भन्दै सार्वजनिक सुनुवाइ गर्न समेत उनीहरुले माग गरेका छन् ।
गाउँपालिका अध्यक्ष विनकुमार थामीले कार्यालयमा तालाबन्दी भए तापनि कार्यालयको काम नरोकिएको बताए । कार्यालयमा गएर नियमित काम गर्ने वातावरण नभएकाले कार्यालय नखोलिएको उनले बताए । जनताको अत्याबश्यक सेवा कर्मचारीले बाहिरैबाट भए पनि गरेको बताए । कार्यालयमा तालाबन्दी उपभोक्ताले नगरी गाउँपालिका भित्रकै जनप्रतिनिधिहरु बीचको आन्तरिक कारणले भएको बताए ।


गाउँपालिकाको केन्द्र सार्ने विषयमा कालिञ्चोक गाउँपालिकामा लामो समयदेखि जनप्रतिनिधिहरु बीच विवाद छ । गाउँपालिकाको केन्द्रको विषयमा २ हप्ता अघि अध्यक्ष थामीमाथि हातपात समेत भएको थियो । उपाध्यक्ष कालिका पाठकले पनि आफूमाथि अध्यक्ष पक्षबाट हातपात भएको बताउँदै आएकी छिन् । गाउँपालिकाको केन्द्रको विषयमा गाउँ सभा आव्हान गरेकाले चाँडै सभाले नै टुंगो लगाउँने अध्यक्ष थामीले बताए ।
गाउँपालिका केन्द्रलाई साविक अस्थायी कार्यालय भएकै ठाउँ आसपास राख्नु पर्नेमा उपाध्यक्ष पाठक सहित वडा नं. ७, ८ र ९ का वडाअध्यक्ष सहितका जनप्रतिनिधिहरु रहेका छन् । त्यस्तै साविकको स्थान पायक नपर्ने भन्दै लापिलाङ वा खुरुरे राख्नु पर्छ भन्नेमा वडा नं. १, २, ३, ४, ५ र ६ का वडा अध्यक्षहरु सहितका जनप्रतिनिधिहरु रहेका छन् । विनकुमार थामी र कालिका पाठक बीच चुनावको टिकट वितरणमा समेत विवाद हुँदा पाठकले उपाध्यक्षको टिकट समेत बहिस्कार गर्ने घोषणा गरेर पुर्न स्वीकार गरेकी थिइन् ।
गाउँपालिका कार्यालयमा लागेको तााबन्दी खोल्न र गाउँपालिका केन्द्र कानुन बमोजिम टुङ्गोमा पु¥याउँन जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले पहल गरिराखेको बताए । पाण्डे पनि कालिञ्चोक गाउँपालिका वडा नं. ६ का वडा सदस्य समेत हुन् ।

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिकामा तालाबन्दी,वडाअध्यक्षद्धारा १० दिनभित्र कार्यालयको काम सुचारु गराउन माग"

Leave a comment

Your email address will not be published.


*