कालिञ्चोक गाउँपालिकाको विशेष गाउँ सभा स्थगित, ४ वटा वडाको छुट्टै भेला

चरिकोट –दोलखाको कालिञ्चोक गाउँपालिकाको विशेष गाउँ सभा स्थगित भएको छ । पालिकको केन्द्र विवाद भएपछिव आज विशेष गाउँ सभा बोलाइएको थियो । सदरमुकाम चरिकोटमा साझा धारणा बनाउन नेकपा दोलखाले आफ्नो पाटीबाट निर्वाचित जनप्रतिनिधी तथा पाटीका पालिका भित्रका जिल्ला कमिटी सदस्य , पालिकाका नेकपाका वडा अध्यक्ष तथा सचिबको धारणा सहित राय माग गरेको थियो । हिजो र आज पटक पटक साझा धारणा बनाउन नेताहरुले प्रयास गरे पनि सहमति नभएको नेकपा दोलखा स्रोत जनाएको छ । विशेष साधारण सभा मार्फत स्थायी केन्द्र सर्वपक्षिय बैठकबाट टुंगो लगाउन गाउँ सभा स्थगन गर्न नेकपा दोलखाले निर्देशन दिएको जनाइएको छ ।

४ वटा वडाको छुट्टै भेला
गाउँपालिकाको विशेष गाउँ सभा स्थगित भए पनि चार वटा वडाका अध्यक्ष तथा वडासदस्य तथा ३ जना कार्यपालिकाका सदस्य सहितको भेला सुनखानी भएको छ । उनीहरुको भेलाले कार्यालय आइतबार देखी संन्चालन गर्न माग गरेको वडा नम्बर ९ का अध्यक्ष राम मैनालीले बताए ।उनका अनुसार केन्द्र विवाद सहमतिमा नै टुङग्याउन माग गरेको बताए । भेलामा सो पालिकाका वडा नम्बर १ ,७ ८ र ९ वडाका अध्यक्ष तथा वडासदस्य तथा ३ जना कार्यपालिकाका सदस्य सहभागिता रहेको जनाइएको छ ।

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिकाको विशेष गाउँ सभा स्थगित, ४ वटा वडाको छुट्टै भेला"

Leave a comment

Your email address will not be published.


*