कालिञ्चोक गाउँपालिकाका ४० जना उद्यमीलाई नगद हस्तान्तरण

चरिकोट (दीस) –कृषि तथा पशुजन्य उद्यम विकासका लागि जिल्लाको कालिञ्चोक गाउँपालिकाका ४० जना उद्यमीलाई नगद हस्तान्तरण गरिएको छ । अष्टेलियन एडको आर्थिक सहयोगमा लुथरन वल्र्ड फडेरेसन नेपाल सँगको साझेदारीमा मानवअधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले सञ्चालन गर्दै आएको कोभिड १९ बाट प्रभावित समुदायको लागि आर्थिक पुर्नउत्थान परियोजना मार्फत सहयोग रकम उपलब्ध गराइएको हो । शुक्रबार कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ३ र ८ मा आयोजित एक समारोहका विच प्रति उद्यमी १५ हजार रुपैयाँका दरले ४० जना उद्यमीका लागि छ लाख रुपैयाँ नगद अनुदान हस्तान्तरण गरिएको हुराडेक नेपाल दोलखाका सूचना अधिकारी शेरबहादुर भुजेलले जानकारी दिनु भयो । वडा मार्फत छनोट गरिएका कोभिड १९ का कारण रोजगरी गुमाएका र अति विपन्न परिवारका कोरोना प्रभावितलाई कृषि उद्यम मार्फत जिविकोपार्जनमा सहयोग पुर्याउने उद्धेश्यका साथ अनुदान रकम सहयोग गरिएको हो । अनुदान प्राप्तिका लागि छनोट भएकाहरुलाई यस अघि परियोजना तिन दिने उद्यम विकास तालिम समेत प्रदान गरिएको थियो । तालिम पश्चात उनीहरुले छनोट गरेको व्यवसाय सुरुवातका लागि निर्माण गरेको व्यवसायिक योजनाको आधारमा अनुदान रकम सहयोग गरिएको हुराडेक नेपाल दोलखाले जनाएको छ । शुक्रबार आयोजित कार्यक्रममा कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष निशान बुढाथोकी, वडा नम्बर ८ का वडा अध्यक्ष प्रेमलाल शिवाकोटी, कालिञ्चोक गाउँपालिका उद्यम विकास शाखा प्रमुख वासु सेढाई, हुराडेक नेपाल दोलखाका लेखा प्रमुख कृष्ण भुजेल लगायतले अनुदान रकम वितरण गर्नु भएको थियो ।

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिकाका ४० जना उद्यमीलाई नगद हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*