कालिञ्चोक गाउँपालिकमा भत्ता बाँड्न पुग्छन् बैकका कर्मचारी

दीक्षण समाचार ÷चरीकोट, – वडामार्फत सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता र दुरुपयोग भएको गुनासोपछि सरकारले बैँकिङ प्रणाली अपनायो । दोलखाका सबै स्थानीय तहमा पनि सरकारले उक्त प्रणाली अनिवार्य गरेपछि सोही प्रणालीबाट भत्ता वितरण गर्न सुरु भएको छ । त्यसले भत्तामा हुने अनियमितता त रोक्यो तर धेरै जसो लाभग्राहीको घरदेखि बैँकसम्मको दुरी निकै लामो भएकोले भत्ता प्राप्तीका लागि सास्ती खेप्नु पर्ने भएपछि दोलखाका स्थानीय तहले पछिल्ला समयमा घुम्ति सेवा मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । बैँकका कर्मचारी भत्ता वितरण गर्न रकम बोकेर वडामैँ पुग्न थालेपछि लाभग्राहीहरुले सहजता मिलेको बताएका छन् । दोलखाको कालिञ्चोक गाउँपालिकले घुम्ति सेवामार्फत लाभग्राहीको सहजतालाई लक्षित गरी वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । वडा नं. ७, ८ र ९ का लागि यसअघि नै नेपाल बैँक चरीकोट शाखाबाट भत्ता वितरण गरिसकिएको छ । अहिले पालिकाको वडा नं. १ देखि ६ सम्मका १ हजार ६ सय ९० जना लाभग्राहीलाई भत्ता वितरण गर्न थालिएको हो । नेपाल बैँक लिमिटेड सिंगटी शाखाको सहयोगमा तथा गाउँपालिकाको समन्वयमा वडा कार्यालयबाटै भत्ता वितरण गर्न थालेपछि लाभग्राहीले सहज भएको प्रतिक्रिया दिएका छन् । भत्ता थाप्नकै लागि बैँक सम्म आउनु पर्ने बाध्यता नभएपछि लाभग्राहीहरु खुशी भएका छन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीका अनुसार फागुन १६ गते वडा नं. ६ को वडा कार्यालयबाट भत्ता वितरण गरिसकिएको छ । १८ गते वडा नं. ५ को वडा कार्यालय, १९ गते वडा नं. ४ को वडा कार्यालय, २० गते वडा नं. ३ को वडा कार्यालय, २२ गते वडा नं. २ को वडा कार्यालय र २३ गते वडा नं. १ को वडा कार्यालयबाट भत्ता वितरण हुने उहाँले बताउनुभयो । ‘चालु आर्थिक वर्षको पहिलो त्रैमासिक भत्ता बैँक मार्फत नै वितरण गरिएको थियो । कतिपयले त्यो बेलाको भत्ता सोही बेला लगेका थिए, तर धेरै जसोले लगेका थिएनन् । तर पहिलो त्रैमासिक भत्ता नलिएकाहरुले दोस्रो चौमासिक किस्ता बापतको भत्ता सँगसँगै लिएका छन् ।’ उहाँले भन्नुभयो। बैँक टाढा भएकाहरुलाई भत्ता लिन असहज हुने कुरालाई मध्यनजर गरी घुम्ति सेवा मार्फत भत्ता वितरण गरिएको उहाँले सुनाउनुभयो । पहिले वडा कर्मचारी र जनप्रतिनिधिमार्फत घरमै भत्ता थाप्दै आएका लाभग्राहीले बैंकिङ प्रणालीबाट प्रदान हुन थालेपछि नौलो र असहज मानेका छन् । कतिपयले त बैंकबाट भत्ता पाउनेमा अविश्वास गर्ने गरेको पालिका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष निशान बुढाथोकीले बताउनुभयो । अहिले बैंकिङ प्रणालीमा भत्ता वितरणको महत्व बुझाउन र अहिलेको सहजताको लागि बैंकका कर्मचारी वडा कार्यालयमा पुगेर भत्ता वितरण थालिएको उहाँले बताउनुभयो। शैलुङ गाउँपालिकाले फागुन ५ गतेदेखि १२ गतेसम्म वडा कार्यालयबाटै घुम्ति सेवा मार्फत दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको छ । बैँकका कर्मचारीलाई वडा कार्यालयमा खटाएर चालु आवको दोस्रो त्रैमासिक भत्ता वितरण गरिएको गाउँपालिका निमित प्रमुख प्रशासकीय अधिकृत सन्तोष दाहालले बताउनुभयो । चालु आर्थिक वर्षदेखि भत्ता वितरणमा बैंकिङ प्रणालीको अपनाइएकोमा मेगा बैंक नेपाल लिमिटड बाघखोर शाखाबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता भएको छ । घुम्ति सेवामार्फत वडा कार्यालयबाटै भत्ता पाएपछि लाभग्राही खुशी भएको पालिकाका जनाएको छ ।

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिकमा भत्ता बाँड्न पुग्छन् बैकका कर्मचारी"

Leave a comment

Your email address will not be published.


*