कालिञ्चोक उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु

दीक्षण समाचार
चरिकोट, मंसिर २३
दोलखा जिल्ला अन्तरपालिकास्तरीय द्धितीय कालिञ्चोक उपाध्यक्ष कप खुल्ला महिला भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ कालिञ्चोक गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाका सात वटा समुह सहभागी भएका छन् । प्रतियोगिताको उद्घाटन पूर्व मन्त्री पद्माकुमारी अर्यालले उद्ध्घाटन गर्नुभयो । उहाँले प्रतियोगिता सफलताको शुभकामना दिनुहुँदै महिलाले पनि खेलकुद क्षेत्रमा प्रगति गर्न सक्ने भएकोले महिलालाई खेलप्रति उत्प्रेरित गर्न आवश्यक रहेको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष विनकुमार थामीको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा सांसद सरस्वती बस्नेत, कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कालिका पाठक, गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयमबहादुर खड्का लगायतले मन्तव्य व्यक्त गनुएको थियो । २५ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमका लागि ५० हजार रुपैयाँ, द्धितीय हुनेका लागि ३० हजार रुपैयाँ, तृतीय हुने टिमलाई १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेका लागि १५ हजार सहित प्रमाणपत्र पुरस्कार रहेको छ । उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर र उत्कष्ट खेलाडीलाई जनही नगद एक हजार ५०० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था छ ।

Shares

Be the first to comment on "कालिञ्चोक उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु"

Leave a comment

Your email address will not be published.


*