कालिञ्चोकमा केबलकार संन्चालनमा

चरिकोट –दोलखाको कालिन्चोक गाउँपालिकामा निर्माण भएको कालिञ्चोक केबलकार शनिवारबाट बाट सञ्चालनमा आएको छ ।
यस अघि केबलकारको अन्तिम प्राविधिक परीक्षणका लागि २ जना स्वीस इन्जिनियर सोमबार चरिकोट आइपुगेका थिए । उनीहरुले कालिञ्चोक पुगेर केबलकारको इलेक्ट्रिक तथा सफ्टवेयरको परीक्षण गरे पछि कुनै समस्या नआए पछि केबलकार संन्चालनमा ल्याइएको हो । केबलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति पाँच सय शुल्क लिएर सेवा प्रदान गरिएको कार्यकारी अधिकृत असोक शिवाकोटीले बताए । सर्वसाधारणलाई रु पाँच सय शुल्क लाग्नेमा कालीञ्चोक क्षेत्रका मानिसलाई भने केही सहुलियत हुने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ ।

शनिवारबाट यात्रु चढाएरै परीक्षण सञ्चालन गरिेएको कालिञ्चोक दर्शन लिमिटेडका कार्यकारी निर्देशक बालकृष्ण शिवाकोटीले बताए । केबलकारका लागि आवश्यक सामग्री स्विट्जरल्यान्डबाट ल्याइएको हो ।
। दोलखाली उद्योगी व्यवसायीहरुको लगानी रहेको सो केबलकारमा ४ ओटा गोण्डला रहने छन् । हरेक डब्बामा १० जना बस्न सकिनेक्षमता रहेको कम्पनीले जनाएको छ ।

 

कुरीबाट कालिञ्चोकसम्म पुग्नका लागि ९ सय मिटर लामो केबलकार निर्माण गरिएको छ । पहिलो चरणमा पनि दसैं अघि स्वीस इन्जिनियरहरुबाट गोण्डला राखेर इन्जिनियरिङ परीक्षण गरेको थियो ।
२६ करोड रुपैयाँको लागतमा निर्माण गरिसक्ने लक्ष्य लिए पनि केबलकारको लागत ४० करोड रुपैयाँ पुगेको सीईओ शिवाकोटीले बताए । ‘सुरुमा २६ करोड रुपैयाँको लागतमा निर्माण गर्ने भनिए पनि निर्माण अवधि बढेसँगै सामानको मूल्य पनि बढेका कारण लागत वृद्धि भयो,’ उनले भने । डलरको मूल्य वृद्धि र निर्माण सामाग्रीमा भएको मूल्य वृद्धिले पनि लागत बढेको उनको भनाई छ ।
केबलकार बनेको क्षेत्र कालिञ्चोक गाउँपालिका वडा नं. १ भने तापनि वडा नं. १ र ५ बीच सिमाना विवाद छ । त्यसैगरी केबलकारले भोगचलन गरेको जग्गा समेत गुठी र वन कसको भन्ने समेत विवाद छ । कालिञ्चोक दर्शन लिमिटेडले निर्माण गरेको यो केबलकार मुलुकको तेस्रो केबलकार हो । यस अघि मनकामना र चन्द्रागिरीमा केबलकार सञ्चालन हुँदै आएको छ । कालिञ्चोक दर्शन लिमिटेडले दुई वर्षअघिदेखि निर्माण सुरु गरेको हो ।

Shares

Be the first to comment on "कालिञ्चोकमा केबलकार संन्चालनमा"

Leave a comment

Your email address will not be published.


*