कालिञ्चोकको विकासका लागि डा«ेनबाट भौगोलिक सर्भे

दोलखा, –दोलखाको उत्तरी क्षेत्रअन्तर्गत साबिकको कालिञ्चोक गाउँमा भौगोलिक सर्बेक्षण गरी आबश्यक विकासको काम गर्न ड्रोन क्यामेरा मार्फत हवाई सर्भे गरिएको छ । गृहमन्त्रालयको अनुमती पछि काठमाण्डौ विश्वविद्यालयसँगको समन्वयमा नाम्सालिङ सामुदायिक विकास केन्द्र इलामले ड्रोन क्यामारा उडाएर हवाई सर्भे गरेकोे हो ।
अमेरिकाको कोलोराडो युनिभर्सिटीको सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्रले उक्त सर्वे गरेको कोलोराडो विश्वविद्यालयद्धारा गठित इडब्लु बि का नेपाल सहजकर्ता भुपाल खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार ड्रोन क्यामारा मार्फत समग्र गाउँको तथ्याङ्क संकलन गरी आबश्यक योजना निर्माण गरी विकास निर्माणको कार्य अगाढि बढाइने छ । ड्रोन क्यामाराले समग्र कालिञ्चोकको मौसम, प्राकृतिक विपत्तिका लागि पुर्वानुमान लगाएत सम्पुर्णको विवरण जिपिएस प्रणालीमा संकलन भई टोपो नक्सा तयार हुने काठ्माण्डौ विश्वबिद्यालय स्रोतको भनाई छ ।
सहजकर्ता खतिवडाले गत वर्ष पनि कालिञ्चोकमा सर्बे सुरु गरिएको तर कुहिरोकाकारण थोरैमात्र भुभागमा परिक्षण गरिएको र अहिले भने कालिञ्चोक गाउँका झण्डै ८० प्रतिशत क्षेत्रमा सर्बे गरिएको छ । यो पटक ७ दिनसम्म कालिञ्चोकको आकाशमा उडेको ड्रोन क्यामेराले सबै भुभागको तथ्याङ्क संकलन गरेको छ । सर्बे टोलीमा संलग्न नाम्सालिङका प्रदिप घिमिरेले कालिञ्चोक गाउँको सबैजसो क्षेत्रमा ड्रोनमार्फत तथ्यांक संकलन गरिएको बताए । उनले जमिनको सतहभन्दा ५० मिटर माथीको भागबाट मात्रै क्यामारा उडाइएको प्रतिक्रिया दिए । यसरी क्यामेराले कैद गरेको तथ्यांकलाई काठ्माण्डौ विश्वविद्यालयको समन्वयमा प्रतिबेदनको रुपमा उतारेर त्यही अनुसारको कार्यक्रम गर्ने तयारी रहेको नाम्सालिङका जिल्ला संयोजक राजन क्षेत्रीले जानकारी दिए । क्षेत्रीले उक्त प्रतिबेदन सम्बन्धित वडा, गाउँपालिका कार्यालय र जिल्ला समन्वय समितिलाई बुझाइने बताए । नक्सा सहितको उक्त प्रतिबेदनमा जमिनको भुबनोट, खनिजजन्य वस्तुको सम्भावना , माटोको उर्बराशक्ति र उपयुक्त बालिको पहिचान समेत सहजै गर्न सकिने बताइएको छ ।
सबै क्षेत्रमा सञ्चालन गर्न सरोकारवालाको माग
आइतबार भौगोलिक सर्बेक्षणका बारेमा चरिकोटमा आयोजित एक कार्यक्रममा जिल्ला संयोजक क्षेत्रीले ड्रोनमार्फत संकलन गरिएका गतिविधिबारे जिल्लास्थित सरोकारवाला निकाय र जनप्रतिनिधिहरु समक्ष जानकारी गराएका थिए । कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका प्रमुख बिन कुमार थामीले समयमै प्रतिबेदन उपलब्ध गराउन र गाउँपालिकाका अन्य वडाहरुमा पनि सञ्चालन गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउदै सेवा विस्तारका लागि अनुरोध गरे । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले प्रविधिको प्रयोग गरेर तथ्यांक संकलन गर्ने कार्य नमुना भएको भन्दै उनले जिल्लाका अन्य स्थानीय तहमा पनि उक्त सेवा सञ्चालन गर्न अनुरोध समेत गरेका छन् ।
छुट्टै जिपिएस प्रणालीको जडान
ड्रोन क्यामेराले कैद गरेका गाउको सबै विवरण जिपिएस प्रणलीमा कनेक्ट गर्न बेगुम्पा गाउँ भन्दा केही माथील्लो भागमा अत्याधुनिक प्रविधिको जिपिएस प्रणलीको समेत जडान गरिएको छ । उक्त प्रणलीले जलवायु परिबर्तन सम्बन्धि गतिबिधिहरुको तथ्यांक रेकर्ड गर्ने देखि मौसम सम्बन्धि जानकारी संकलन गर्ने भुगर्बविद समेत रहेका संस्थाका कार्यक्रम प्रमुख सुबोध निरौलाले जानकारी दिए । उनले सो प्रणाली जडान गरिएको झण्डै एक वर्ष हुन लागेको बताउदै एक वर्ष अघिदेखिका जलवायु र मौसमको तथ्यांक उक्त प्रणालीबाट सहजै हेर्न सकिने बताएका छन् । निरौलाले उक्त प्रणालीलाई मौसम पुर्वानुमान माहाँसाखा सँग जोडेर राज्यकै निकायले निरन्तर अवलोकन गर्न सक्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिए ।

Shares

Be the first to comment on "कालिञ्चोकको विकासका लागि डा«ेनबाट भौगोलिक सर्भे"

Leave a comment

Your email address will not be published.


*