कालिञ्चोक गाउँपालिकाले सबै विद्यालयको तल्लो तहबाट अंग्रेजी माध्यम सुरु

चरिकोट

शिक्षालाई व्यवस्थित र समय अनुकुल बनाउन दोलखाको कालिञ्चोक गाउँपालिकाले सबै विद्यालयको तल्लो तहबाट अंग्रेजी माध्यम सुरु गरेको छ ।
गाउँपालिका भित्रका ५१ वटै सामुदायिक विद्यालयमा गुणस्तरीय र समय अनुकुलको शिक्षा दिने उद्देश्यले उक्त अभियान सुरु गरेको जनप्रतिनिधिहरुले बताएका छन् । शिक्षालाई अन्र्तराष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनका लागि तल्लो तहदेखि नै अंग्रेजीमाध्यमबाट पढाइ सुरु गरेको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीे जानकारी दिए ।
कालिञ्चोक गाउँपालिका थामी जातीको बाहुल्यता भएको र थामी भाषाको प्रयोग बढी भए तापनि अन्र्तराष्ट्रिय भाषा भएकाले अंग्रेजीलाई नै प्राथमिकतामा राखेको उनले बताए । स्थानीय भाषाको रुपमा थामी भाषालाई पनि पढाइ गर्न सकिने उनले बताए ।
पहिलो चरणमा बाल कक्षा र कक्षा १ बाट सुरु गरिएको अंग्रेजी माध्यमको शिक्षण शिकाई क्रियाकलापले राम्रो उपलब्धी देखा परेको जिल्ला शिक्षा कार्यालय दोलखाका स्रोत शिक्षक कृष्ण प्रसाद मैनालीले बताएका छन् । उनले ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने वालबालिकाहरुको अंग्रेजी विषय सम्बन्धी ज्ञान कमजोर हुने भन्दै गाउँपालिकाले शैक्षिक सत्र २०७४÷०७५ बाटै लागु हुने गरी उक्त अभियान सुरु गरेको जानकारी दिए । स्रोत शिक्षक मैनालीले अभियान सुरु गरेको १ वर्ष नबित्दै भएका दुई आन्तरिक परीक्षाहरुमा विद्यार्थीहरुको राम्रो परिणामको संकेत देखा परिसकेको बताए ।
गाउँपालिकाले पाठ्यक्रम विकास केन्द्र मार्फत उपलब्ध हुने पाठ्यपुस्तक प्रयोग नगरी निजी विद्यालयमा पढाई हुने पुस्तक खरिद गरी प्रयोगमा ल्याएको कालिञ्चोक गाउँपालिकाले जनाएको छ । इसिडि अर्थात वाल कक्षा र कक्षा १ का विद्यार्थीहरुलाई अध्यापन गराउन ५१ वटै विद्यालयका एक–एक जना शिक्षकहरुलाई विज्ञ शिक्षकहरु मार्फत तालिम दिएर अभियान सुरु गरेको कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले जानकारी दिइन् ।
विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन सुरु भएपछि अविभावकहरुमा पनि राम्रो उत्साह देखिएको निकोभुमे माविका बाबरेका शिक्षक पदम अधिकारीले जानकारी दिए । उनले साना साना वालवालिकाहरु अंग्रेजी भाषामा पढ्न थालेपछि माथिल्लो कक्षामा समेत प्रभाब परेको बताउका छन् ।

अपग्रेड गर्दै लैजाने तयारी
पुर्व शिक्षक समेत रहेकी कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले यो अभियानलाई वर्षेनी अपग्रेड गर्दै लैजाने तयारी भएको बताइन् । उनले वालवालिकाहरुको जग देखिनै अंग्रेजी माध्यमलाई वलियो बनाएर लगेमात्र भविश्यमा सहज हुने भन्दै आफुहरुले उक्त अभियान सुरु गरेको प्रतिक्रिया दिइन् ।
उपाध्यक्ष पाठकले अहिले बालकक्षामा पढ्दै गरेका विद्यार्थीहरु आफुहरुको कार्यकाल अवधीसम्म ५ कक्षा सम्म पुग्ने बताउदै अभियान दिर्घकालिन हुने बताइन् । उनले यो अभियानलाई दिर्घकालिन बनाउन शिक्षा बिधेयेकनै बनाउन आवश्यक छलफल र परामर्श भैरहेको समेत जानकारी दिएकी छन् ।

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिकाले सबै विद्यालयको तल्लो तहबाट अंग्रेजी माध्यम सुरु"

Leave a comment

Your email address will not be published.


*