कालापानीमा बेस क्याम्प बनाइने

बाबुराम शर्मा (चरिकोट)– शैलुङ डाँडालाई पर्यटकीय स्थल बनाउन सैलुङ गाउँपालिका–८ मा अवस्थित कालापानीलाई बेस क्याम्प बनाउन लागिएको छ । समुद्र सतहदेखि तीन हजार मिटरमा उचाइमा रहेको शैलुङडाँडालाई पर्यटकहरू लक्षित गरी कालापानीलाई बेस क्याम्प बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले बताउनु भयो । उहाँका अनुसार यो स्थान जिल्लाको अग्लो भू–भाग र पर्यटकीय स्थल समेत भएकाले पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । अझ पर्यटक भि–याउन यहाँ विभिन्न संरचनाहरु निर्माण गर्न लागिएको छ । पर्यटकहरुलाई सेवा सुविधाका लागि होटल, गोलघरलगायतका संरचनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् । केही सययमा नै यी संरचनाहरु सञ्चालनमा ल्याइने छन् । वागमती प्रदेशको साढे दुई करोड लगानीमा गोलघर निर्माण भइरहेको छ । तीन ढलानमा निर्माणाधीन गोलघरमा मिटीङ हलसहित १३ वटा कोठा रहेका गाउँपालिकाका सुपरभाइजर भीजन लामाले जानकारी दिनु भयो । यहाँ २० वटा होटल निर्माण हुने लक्ष्य अनुसार तीन वटा बनेर सञ्चालनमा आइसकेका छन् । सुपरभाइजर लामाले भन्नु भयो, यहाँ सौन्दर्य समेत बनाउन ५० लाख रुपियाँमा बुद्धपार्क निर्माण हुन लागेको छ । ५७ लाख रुपियाँमा बौद्ध स्तूपा ( छोर्तेन ) निर्माण भएको छ । पर्यटकलाई शैलुङ जान सहजताका लागि संघीय सरकारको साझेदारीमा ५४ लाख रुपियाँमा पैदल मार्ग निर्माण भइसकेको छ । उहाँले भन्नु भयो, कालापनीदेखि सैलुङसम्म पाँच सय मिटरमा तीन मिटर अग्लो, चार मिटर चौडाइको एक मिटर अग्लो बार रहेको मिनीगेटवाल निर्माणका लागि चार करोड ९४ लाख रुपियाँमा ठेक्का संझौता भइसकेको छ । शैलुङडाँडामा दुई करोड रुपियाँ लगानीमा ४५ फिट अग्लो छोर्तेन निर्माणाधीन अवस्थामा रहेको छ । शैलुङ, मेलुङ र रामेछापको दोरम्बा गाउँपालिकाले २०÷२० हजार रुपियाँ लगानी गरेका छन् भने बाँकी रकम व्यक्ति, संघ संस्थाहरुबाट आर्थिक सहयोग जुट्दै गरेको जानकारी दिँदै सुपरभाइजर लामाले भन्नु भयो, पर्यटकहरुलाई सुविधाका लागि गाउँपालिकाले फ्रि वाइफाइको व्यवस्था समेत गरिदिएको छ । गाउँपालिकाले सोही स्थानमा साढे दुई केजीको घण्टी जडान गरिसकेको छ । कालापानीसम्म पुग्न गाउँपालिकाले सडक व्यवस्थित गरिसकेको छ । गाउँपालिका १२८.६७ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । जिल्लाको एक ऐतिहासिक, धार्मिक, सँस्कृतिक र पयर्टकिय महत्व बोकेको गाउँपलिकामा २९ हजार ९९३ जनसंख्या रहेको छ । गाउँपालिकामा जनजातीय बाहुल्यता रहेको छ ।

Shares

Be the first to comment on "कालापानीमा बेस क्याम्प बनाइने"

Leave a comment

Your email address will not be published.


*