दीक्षण समाचार
चरिकोट, २९
खाडीचौर–चरिकोट सडकमा निर्माण व्यवसायीले समयमा काम नगरेपछि दैनिक हर्जना तिर्नु पर्ने भएको छ । सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको चरिकोटसम्म ५५ किलोमिटर सडक विस्तारमा निर्माण कम्पनीले ढिलाइ गरेको भन्दै आयोजनाले दैनिक हर्जना तिर्न लगाएको हो ।
२ प्याकेजमा सडक विस्तार भइरहेको छ । दुवै प्याकेजका निर्माण कम्पनीले निर्धारित समयभन्दा निकै ढिलासम्म पनि काममा पूरा नगरेकाले दैनिक ७ लाख २० हजारसम्म हर्जना तिर्नु पर्ने सडक विस्तार आयोजनाले गरेको छ ।
२ प्याकेजमध्ये दोस्रो प्याकेजको सकिल हेदर–शंकरमाली–सुनौला खिम्ती जेभीले आयोजनाले तोके अनुसार दैनिक ४ लाख ५० हजार हर्जना तिर्नु पर्ने हुन्छ । सडक विस्तार आयोजना प्रमुख समेत रहेका डिभिजन सडक चरिकोटका डिभिजन इन्जिनियर धर्मेन्द्रकुमार झाले काम जति ढिला ग¥यो उति हर्जना बढ््ने बताए । उनका अनुसार पहिलो प्याकेजको व्यवसायीक कम्पनीले दैनिक २ लाख ७० हजार हर्जना तिर्नु पर्छ ।
पहिलो प्याकेजको व्यवसायीले गत मे १२ तारिखदेखि हर्जना लागेको छ । त्यसैगरी दोस्रो प्याकेजको अप्रिल १६ तारिखदेखि हर्जना तिर्नु पर्छ । पहिलो प्याकेजको सिमाञ्चल–गौरीपार्वती–सुनौला खिम्ती जेभीले काम गर्दै आएको छ । पहिलो प्याकेज खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटर र दोस्रो प्याकेज मुडेदेखि चरिकोटसम्म ३० किलोमिटर रहेको छ ।
आयोजना प्रमुख झाले समयमा काम नगरे कुल सम्झौताको पहिलो पटक ०.०५ प्रतिशत हर्जना लिन सक्ने व्यवस्था छ । उनले असार मसान्तसम्म १२० दिनमा नै ६ करोड हर्जना तिर्नु पर्ने बताए । असारभन्दा समय थप लागे अधिकतम १० प्रतिशतसम्म हर्जना लिन सक्ने छ । यही अनुसार दोस्रो प्याकेजबाट ९ करोडसम्म हर्जना लिन सक्ने छ । पहिलो प्याकेजबाट पनि सोही अनुसार हर्जना तिर्नु पर्ने व्यवस्था रहेको उनले बताए ।
स्वीस सरकारको सहयोगमा २०४३ सालमा खाडीचौरदेखि जिरीसम्मको ११० किलोमिटर सडक बनेको हो । एक लेनको सडक अहिले सवारीको चापसँगै साँघुरो भएपछि भारतीय एक्जिम बैंकको ऋण सहयोगमा विस्तार भइरहेको छ ।
Be the first to comment on "काम ढिला गर्दा दैनिक ७ लाख २० हजार हर्जना"