काङ्ग्रेस दोलखाको निर्देशनः स्वतन्त्र उम्मेद्वारी फिर्ता लिनु

दीक्षण समाचार
चरिकोट, बैशाख १५
नेपाली कांग्रेस दोलखाले उम्मेद्वारी फिर्ता लिन स्वतन्त्र उम्मेदवारहरूलाई निर्देशन दिएको छ । आसन्न स्थानीय निर्वाचनका लागि पार्टीको आधिकारिक उम्मेद्वार विरुद्ध स्वतन्त्र उम्मेद्वारी दर्ता गराएकाहरुलाई कांग्रेसले विज्ञप्तिमार्फत यस्तो निर्देशन दिएको हो । विज्ञप्तिमा स्वतन्त्र उम्मेदवारी फिर्ता लिई आधिकारिक र गठबन्धन उम्मेदवारको विजयीको निम्ति सघाउन भनिएको छ । पार्टी सभापति बर्मा लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीको हितमा लोकतन्त्र, भावी परिस्थिति र आफ्नो भविष्य समेतलाई आँकलन गरी स्वतन्त्र उम्मेद्वारी फिर्ता लिन निर्देशनात्मक आग्रह गरिएको छ । “नेपाली कांग्रेसको एकल उम्मेद्वार वा गठबन्धन दलको उम्मेदवार होस् हाम्रो विजय अभियानलाई सफल बनाउन त्याग, एकता र समर्पणको भावनाका साथ सफल बनाउन अपिल गर्दछु ।” विज्ञप्तिमा उल्लेखित छ । बैशाख १६ गते उम्मेद्वारी फिर्ता लिने समय रहेको छ । सोही बेला स्वतन्त्र उम्मेद्वारी फिर्ता लिन पार्टी सभापति लामाले अनुरोध गर्नुभयो ।

Shares

Be the first to comment on "काङ्ग्रेस दोलखाको निर्देशनः स्वतन्त्र उम्मेद्वारी फिर्ता लिनु"

Leave a comment

Your email address will not be published.


*