दीक्षण समाचार
चरिकोट, माघ २३
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि घरेलु तथा साना उद्योग कार्यालय दोलखाको सेवा प्रवाह पाँच दिनको लागि बन्द भएको छ । कार्यालयले सूचना जारी गर्दै २३ गतेदेखि २७ गतेसम्मको लागि सेवा प्रवाह स्थगित गरिएको जानकारी गराएको हो । सूचनाअनुसार कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य कर्मचारीमा समेत कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखा परको छ । जसका कारण सेवा निरन्तर जारी राख्न असम्भव भएपछि कार्यालय बन्द गरिएको हो । कोरोना संक्रमित कर्मचारीहरु सबै होम आइसोलेसनमा सुरक्षित बसिरहेका छन् । कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण दर दोलखामा पनि अत्यधिक बढिरहेको बेला कर्मचारीमै संक्रमण हुँदा सेवा बन्द गर्नुपर्ने बाध्यात्मक स्थित आएको कार्यालय प्रमुख मिन बहादुर लामा थिङले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयले उद्योग दर्ता, नवीकरणका साथै उद्योग प्रवद्र्धन र संरक्षणका कार्यहरु सञ्चालन गर्दै आएको छ ।
Be the first to comment on "कर्मचारीमा कोरोना भएपछि कार्यालयको सेवा बन्द"