कमल थापा आज लामाबगरमा

चरिकोट २२ माघ
उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापा आज लामाबगर आउँदै छन् । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निरीक्षणका लागि ऊर्जामन्त्री थापा लामाबगर आउँदै छन् ।
निर्माणाधित ४५६ मेगावाटको माथिल्लो तामाकोसी लट २ को भारतीय ठेकेदारको ढिलासुस्तीका कारण आयोजना ढिला हुन लागेको समाचार आइरहेका बेला आयोजनास्थल आउँन लागेका हुन् । थापाले आयोजनाको निर्माणाधिन लामाबगरको बाँधस्थल, सुरुङ, विद्युत गृह लगायतको निरीक्षणपछि आयोजनाका अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको आयोजनाका अधिकारीहरुले जानकारी दिए ।
राप्रपाका अध्यक्ष समेत रहेका ऊर्जामन्त्री थापा चरिकोटमा आजै राप्रपाका अगुवा कार्यकर्ताहरुसँग भेटघाट गरी लामाबगर पुग्ने कार्यक्रम छ । बुधकार लामाबगरबाट काठमाडौं फर्कने क्रममा कालिञ्चोक भगवतीको दर्शन गर्ने योजना रहेको राप्रपा दोलखाका अध्यक्ष सुन्दरप्रकाश खड्काले जानकारी दिए ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजना पछिल्लो पटक थप भएको समय तालिका अनुसार आउँदो २०७५ असारसम्ममा पहिलो युनिट सञ्चालनमा ल्याएर मंसिरसम्म पूर्ण रुपमा उत्पादन गर्ने योजना छ । तर लट २ अन्र्तगतको भारतीय ठेकेदार कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङ कम्पनीले पेनस्टक पाइप ढुवानी, जडानको काममा ढिलाइ गरेपछि आयोजनाको लक्ष्य भेट्न संका उत्पन्न भएको छ ।

Shares

Be the first to comment on "कमल थापा आज लामाबगरमा"

Leave a comment

Your email address will not be published.


*