नेकपा एमाले दोलखाको १० औँ जिल्ला अधिवेशनकाे उद्घाटन

चरिकोट (दीस)– नेकपा एमाले दोलखाको १० औँ जिल्ला अधिवेशनकाे उद्घाटन  भएको छ ।

आज देखी चरिकोटमा सुरु भएको ८ सय ७ जना प्रतिनिधि सहभागि हुने भएका छन् ।भुगोलतर्फ जिल्लाका ७४ वडाबाट सवैभन्दा बढी ६ सय १० जना प्रतिनिधि सहभागी जनाएका छन् ।

स्थानीय तहतर्फ भीमेश्वर नगरपालिकाबाट सवैभन्दा बढी १ सय १९ जिरी नगरपालिकाबाट सबैभन्दा कम ३० जना प्रतिनिधि सहभागी हुने छन् ।

जिल्ला अधिबेशनमा मेलुङ गाउँपालिकाका ८२, शैलुङ गाउँपालिकाका ७६, गौरीशंकर गाउँपालिकाका ६९, वैतेश्वर गाउँपालिकाका ६५, कालिञ्चोक गाउँपालिकाका ६३, तामाकोशी गाउँपालिकाका ५० र विगु गाउँपालिकाका ४८ जना प्रतिनिधि सहभागी हुने छन् ।

जिल्ला अधिवेशनमा एमालेको जिल्ला आयोजक कमिटीका १ सय १६, काठमाडौं सम्पर्क मञ्चबाट २०, जनवर्गीय संगठनबाट २३ जना, मजदुर संघबाट ३ र मनोनित ३५ जना गरी ८ सय ७ जना प्रतिनिधि सहभागी हुने एमाले दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "नेकपा एमाले दोलखाको १० औँ जिल्ला अधिवेशनकाे उद्घाटन"

Leave a comment

Your email address will not be published.


*