कपडा तथा फेन्सी व्यवसायी संघ दोलखाको अधिवेशन सम्पन्न

दीक्षण समाचार
चरिकोट, पुस २४
कपडा तथा फेन्सी व्यवसायी संघ दोलखाको प्रथम साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । जिल्ला सदरमुकाम चरिकोटमा सम्पन्न अधिवेशनले कृष्ण बहादुर श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुवास  श्रेष्ठ, सचिवमा सुजन श्रेष्ठ, कोषाध्यक्षमा निर्मला शिवाकोटी, सहसचिवमा कृष्णप्रसाद भण्डारी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा निर्मल श्रेष्ठ, किरण श्रेष्ठ, सुवास गुभाजु देवी जिरेल, गीता केसी, अम्बिका सुवेदी रहनुभएको छ । संघले कपडा तथा फेन्सी व्यवसायीको हक हितको सुनिश्चिताको लागि काम गर्नेछ । 

Shares

Be the first to comment on " कपडा तथा फेन्सी व्यवसायी संघ दोलखाको अधिवेशन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*