कथा-पहिलो प्रेम पत्र

लेखक-सुमन कुमार खतिवडा 
टेवलभरि किताबहरु छरपस्ट छन । नया पुराना गरेर करिब दुई दर्जन जति किताब हुदा हुन त्यति थोरै किताहरु पनि व्यवस्थित गरेर राख्न नसकेको अाफै  अचम्मित हुन्छु । झ्याल ठोका सवै बन्द गरेर लामो समय सम्म राखेकोले होला कोठामा ढुसि गन्हाइरहेको हुन्छ  । झ्याल खोल्छु अनि किताब मिलाउन तर्फ लाग्छु । एउटा पुरानो गाता हालेको किताब भेटिन्छ ।किताबको पाना पल्टाउदै जादा विगतका यादहरुले एकायक अायर  ठुग्छन । स्कुलका पढ्दाका यादहरु एकपछि अर्को गर्दै स्मृतिको नगरमा फन्नक घुमेर जान्छन। माहानगर जस्तै स्मृतिको नगरसम्म चल्ने गाडि हुदो होत म विगतमा सजिलै फर्किन्थे झै लाग्छ । कितावको विचवाट एउटा खामजस्तो वस्तु फ्यात भुइमा खस्छ । खाममा कलात्मक रुपमा अाफ्नै नामको अक्षरहरु खोपियको देख्दा खामभित्रको चिठ्ठि  निकै वजनदार लाग्छ । अाफ्नै नाम दोहोर्याउदै पढ्छु । खामभित्र सेतो पन्नामा खिपियका राता अक्षरहरु झनै मनोमोहक देखिन्छन
प्रिय , मान्छे
थाहा छैन किन मैले तिमिलाइ किन प्रिय भनेर सम्बोधन गरे  मलाइ अझै पनि लाग्दैन तिम्ले मलाइ त्यो शब्द उच्चारण गर्ने अधिकार दियका छौ भनेर तर मनले मानेन तिम्लाइ प्रिय भनेर सम्बोधन गरे गल्ति भय अाफ्नै ठानेर माफ गरिदिनु । म जे जस्तो अवस्थामा छु त्यसले तिमिलाइ त खासै फरक पर्दैन
तर म भगवान सग प्रार्थाना गर्छु तिमी जहाँ जसरि भयपनि खुसिसाथ रहनु त्यसैमा म खुसि खोज्नेछु ! अाजभन्दा चार वर्ष अघि मैले तिमिलाइ पहिलोपल्ट स्कुलमा देखे । ख्याउटे शरीर लाम्चो अनि कालो कालो अनुहार  देव्रे पट्टि गालामा एउटा ठूलो खत । तिमी सानै देखि अरु भन्दा विल्कुल फरक स्वभावका थियौ कम वोल्ने लजालु स्वभावको अनि एकान्त मात्रै रुचाउने मान्छे  एक दिन विधालयको प्राङ्गणमा केही साथिहरु वाक्लो झुण्ड वनायर वसिरहेका थिय त्यसको विचमा तिमी पनि थियौ । तिमी साहित्यमा रुचि राख्दो रहैछौ तिम्रो कविता सुन्नका लागि साथिहरु तछाडमछाड गर्दै तिम्रो वरिपरि गयर वस्दा रहेछन ।एक दिन मैले पनि तिम्रो कविता सुन्ने मौका पाय अाहा तिमी भित्र लुकेर रहेको प्रतिभाले मन फुरुङग वनायो । पहिलोपल्ट त विस्वासै लागेन तर विस्वास नगर्न मनले मानेन । तिम्ले त याद गरेनौ होला हरेक दिन जस्तो तिम्ले सुनाउने रचनाहरु भ्यायसम्म म कापिमा टिपेर राख्थे । लेख्दै जादा विच विचको केही हरफहरु सधैजसो छुट्थ्यो । मैले जतिसुकै कर गर्दा पनि तिम्ले ती छुटेका हरफहरु कहिल्यै सुनायनौ वरु भोलि भोलि भन्दै टार्यौ र त्यो तिम्रो भोलि कहिल्यै अायन ती अाधा कविताहरु अझैपनि म सग सुरझित छन । फुर्सदमा तिम्रा कविताका हरफहरु केलाउदै पढ्ने गर्थे तिम्रा कवितामा हराउनु बिस्तारै मेरो दैनिकि जस्तै भयको थियो । तिम्रा कविता मार्फत म झनै तिमी सग नजिकिय  । तिम्रो हरेक कृयाकलाप मन पर्न थाल्यो । वास्तममा तिमी राम्रो त थियनौ थाहा छैन कसरी तिम्रो अनुहारको ठूलो खत पनि सुहायझै देख्न थाले । तिमी बाहिर जस्तोसुकै देखियपनि तिमी भित्र लुकेर रहेर सुन्दरता खुवै मन पर्थ्यो । कतिपय मुरा नभनेरै पनि मिठा हुदारहेछन  ।  विस्तारै तिमी स्कुल अाउदा जादा म सगै हिड्न थाल्यौं । मलाइ तिमी सगै हिड्न खुव मन पर्थ्यो  म मेरो हातमा तिम्रो नामको पहिलो अक्षर सग मेरो नाम जोडेर लेखी तिमिलाइ देखाउथे तिमी रिसले रातो हुन्थयौ अनि तुरुन्तै मेरो हातमा खोपियको नाम मेटाइदिन्थौ । मलाइ तिमी रिसायको हेर्न खुव रहर लाग्थो म वार वार तिमिलाइ सताइरहन्थे । नजानेरै म तिमिलाइ प्रेम गर्थे । तर भन्ने अाट अाइरहेको थियन  बिस्तारै दिनहरु वित्दै जादा  हामी विचको दुरिको खाडल झन गहिरिदै गयझै लाग्यो  । सदा सगै हिड्ने,वोल्ने,नजिकिने मान्छे एक्कासि टाढिन खोज्दा मन भारि हुन्थ्यो । मैले गरेका प्रस्न हरुक‍ो तिम्ले कहिल्यै चित वुझ्दो जवाफ दियनौ वरु प्रतिउतरमा म वाट टाढा जाउ भन्दै घृणित व्यावहार देखाउन थाल्यौं । एक्कासि तिमिमा देखियको यत्रो परिवर्तनले मलाइ झनै नाजुक  वनायो । सानै देखि तिमी सगै हिडेको त्यो वाटो मलाइ एक्लै हिड्ने शाहास नै भयन । त्यसपछि स्कुल जानै मन लागेन सुरु सुरुमा विरामि छु भन्दै ढाटेर घरमा वसे । अामा वेलावेलामा मलाइ भावुक हुँदै सम्झाउनुहुन्थो विगत केही समय देखि उहाले मलाई केही कुरा भन्न खोजिरहनु भएको थियो ।  एक दिन म घरमा एक्लै भयको मौका पारि अामाले मलाइ हप्काउदै भन्नुभयो दलितको कोखमा जन्म लियर वाहुनको छ‍ोरालाइ ताक्छेस तलाइ थाहा छ त को होस भनेर अाइन्दा वाहुनको सङगत नगर नत्र गाउवाटै निकाल्देलान । यी सव कुरा भनिसक्दा अामाका अाखा रसाय ।उहाको अनुहारमा अचानक त्रासका रेखाहरु एकपछि अर्को गर्दै दौडिय ।  शरीर अचानक वरफझै चिसो भयझै भयो  तिमी पटक पटक मेरो स्मृतिमा अायर वरिपरि घुमिर्यौ । अनि फेरि दलित शब्दले मलाइ  गहिरो गरि ढुग्यो । जातियताको त्यो  घाउ कहिल्यै नमेटिने गरि खत वनेर वस्यो मेरो मनमा। तिम्रो गालाको खत हेरेर तिमिलाइ चोट लागेको कुरा मान्छेहरुले सजिलै देख्न सक्छन ।  तर खै कस्ले देख्छ मेरो मनमा तिम्ले वनाइदियको घाउ जुन लाख कोसिस गर्दा पनि कहिल्यै मेटियन । साहास गरेर एकपटक  तिमिलाइ नै  देखाय पितृसत्तात्मक सोचमा पिल्सिएको समाजको एउटा पात्र अनि जातिय  खोल अोढ्ने पुर्खाको सन्तान  तिमी त्यसवाट कसरि अछुतो रहन सक्थ्यौ । तिमिले त्यसमा झन नुनचुक नुनचुक लगायर छाड्दियौ । तिम्रा म सग भयका तिम्रा  कविता जस्तै तिमी पनि अाधा रहेछौ जातियताको वुइ चढेर अाफुलाई सर्वोच्च सम्झिनेहरुले मानवताको उचाइ कहिल्यै  चुम्न  सक्दैनन ।
प्रिय मान्छे ,
तिमी हिजो पनि मेरो थियनौ र अाज पनि हैनौ । जानि नजानि गरेको पहिलो प्रेम जसरि पनि टुट्दो रहेछ । कसैलाइ पाउनु मात्रै हैन पाउने अासमा वाच्नु पनि त प्रेम नै हो नि  । तिमी हरेक सम्वन्धको अनतस्करण सम्म पुग्छौ जुन तिम्रो लागि जरुरि नै हुन्न । उनिहरु सम्वन्धको यति गहिराइमा पुग्छन कि त्यहावाट निस्कने कुनै ठाउनै हुदैन । तब तिमी सजिलोसँग  निस्कन्छौ एउटा गतिलो पात्र अनि कथा लियर अनि लेखिदिन्छौ एउटा प्रेम काहानि । म विगत केही समय देखि तिम्रा कथाहरु पढिरहेकि छु ।अात्मिक अनि भावनात्मक सम्वन्धलाई  साहित्यमा रुपान्तरण गर्न तिमी खुव माहिर भइसकेछौ । अ साच्चि कहिले लेख्छौ ह मलाइ पात्र वनायर  तिम्रो पहिलो प्रेम कथा  ..????
Shares

Be the first to comment on "कथा-पहिलो प्रेम पत्र"

Leave a comment

Your email address will not be published.


*