पत्रकार अर्जुन अपवाद कोरोनाबाट संक्रमित भए । अहिले उनि कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनले स्वाव दिँदादेखि रिपोर्ट नेगेटिभ आउँदासम्मको समयलाई दैनिकीका रुपमा लेखेका छन् । उनको दैनिकीलाई हामी यो श्रृङखला १५ अंकसम्म प्रकाशन गर्नेछौं।
२०७७ कार्तिक २५ गते ःविहान बा आमासँग कुराकानी भयो । आमा बाख्राको मल फाल्दै हुनुहुन्थ्यो । मलाई कोरोना भएकोमा उहाँले अलिक पिर मान्नुभयो । कत्रो ठूलो रोग लाग्यो भनेर । आमालाई मैले कोरोना पोजेटिभ भएको भनेको थिइन । रिताले नै फोन गरेर जानकारी दिएकी रैछ । रिता र इश्वर आज भेट्नका लागि क्वारेन्टाइन आए । हामी एकछिनअघि एकजना साथीलाई परिवारले पठाइदिएको सुकुटी बाँडेर खाँदै थियौं । केहि छिनमा रिताले ल्याइदिएका मकै सबैले बाँडेर खायौं । एम्बुलेन्स चढ्ने बेलामा मसँग भनेको जस्तो लुगाहरु थिएनन् । थप न्यानो लुगाहरु ल्याउन उसलाई भनेको थिएँ । उनिहरुले लुगा फलफूल लिएर आएका थिए ।
८ बजे ……….ले फोन गरेको थियो । सायद कोरोना पोजेटिभ थाहा पाएकोले होला । उठाइन । एउटा घटनामा उसको दुईवटा अनुहार देखेपछि मेरो उसँगको विश्वास उडेको थियो । विश्वासै उडिसकेको मानिससँग मुखले मात्रै के को लोलोपोतो पार्नु । मन रहे न माया प्रिती, मनै मरे के को तिर्सना प्रभूलाई फोन गर्न थियो । पत्रकार महासंघको विमाबारे बुझ्नका लागि । सुरुको लकडाउन हुँदा गाउँमै थिएँ । कोरोना विमा गर्ने भनेर उसैले फोन गरेको थियो । एसएमएसले नै काम चल्छ भनेर गरिन। एसएमएस गरें । उसले त्यसको कुनै जवाफ फर्काएन । एसएमएस त पुग्नपर्ने । पुगेन कि ।९ बजेतिर अनिल श्रेष्ठले फोन गरेको थियो । फोनमा उसको व्यवसायका कुरा भएका थिए ।२ बजेतिर जीवन लामाले फोन गरेका थिएँ । उनले केहि लक्षण छ कि भनेर सोधे । मैले छैन भनेर भनें । मैले उनलाई महासंघको विमा दावी गर्नका लागि के गर्नुपर्ला भनें । उनले बुझेर कुरा गर्ने जानकारी दिए ।राधा ढकालले फोन गरेकी थिइन् । जुम बैठकमा के के कुरा भयो भनेर । यसकै बारेमा कुरा भयो । उसले नयाँ कार्यविधी साइटमा राखिसकेको बताएकी थिइन् । मसँग नेटको पहुँच नभएका कारण मैले त्यो हेरेको छैन । कस्तो कुरा आउँदैछ भन्ने चाँहि जुम बैठकमा छलफल भएका हुनाले थाहा थियो । सुरक्षित स्थलमा खसी काटे । हामीले खाना खाने समय हुन लागेको थियो । अलिक टाढा शंख बजेको सुनियो ।
शंखको आवाज नजिक हुँदै आयो । खाना छिट्टै खाने कुरा भयो । पछि लाश पोलेको गन्ध आउँछ भनेर । कतै मानिस मरिरहेका बेला कतै खाना खाने चिन्ता !कोहि मरिरहेको थियो । यता खाना छिट्टै खाइसक्ने कुरा भयो । मलामीहरुलाइ लास चाँडै जलाएर फर्कने हतारो होला । यस्तै दौडधुपमै त संसार चलेको छ ।हामी बसेको ठाउँको छेउबाट लास लगे । मर्ने अलिक माथिल्लो गाउँका रहेछन् । एकजना हाम्रा साथीलाइ मलामीले चिन्ने भएका कारण हामीले त्यो थाहा पाएका थियौं । मर्नेले हाम्रा साथीका बासँग मित लगाएको सपनामा देखेका थिए रे । नेपाली समाजमा मित भन्ने साइनो मात्रै त्यस्तो होला जुन लगाउन कुनै कुरा चाहिँदैन । केहि पनि जुराउनु पर्दैन । सपनामा देखे पनि पुग्छ । मलामीहरुले लास नजिकैबाट लिएर गए । हामीले देख्ने स्थानमा नै लास जलाइयो । मैले खाना खाइसकेपछी २र४ ओटा फोटो खिचें । केहि साथीहरुले खाना खाँदाखाँदै छाडे ।मृत्यु एक शास्वत सत्य हो । जन्म लिने हरेक प्राणी मर्छ । ढिलोचाँडो मात्रै हो । हामीले हरेक विषयमा छलफल गर्छम । मृत्युका बारेमा गर्दैनौं । स्वाव दिएर आएपछि म र काठमाण्डौ तिर लागेका साथीले यसमा अलिक छलफल गरेका थियौं ।
उनि पनि स्वाव दिएर आएका बेला डराएका थिए कि । धेरै दार्शनिकले जन्म मृत्यु पुनर्जन्मका बारेमा कुरा गर्छन् । गरेका छन् । तर मैले भेटेका मध्ये मृत्युका बारेमा सहज रुपले कुरा गर्ने भने ओशो नै थिए । हामीले बेलुकाको खाना खाने बेलामा यसका बारेमा अलिक लामै कुरा गरेका थियौ । खाजामा कोदोको खोले बनाइएको थियो । कोदोको खोले खाने विपन्न हुन्थ्यो कुनै बेला । आजकाल त्यो सम्पन्नहरुको खाना बनेको छ ।
सबै कुरा परिस्थितीले निर्धारण गर्ने न हो । सायद हामी पनि परिस्थितीका दास न हौं ।
मामा बेलुका हिरा थोकरले चरिकोटबाट सामानहरु लिएर आए । हिरा थोकरसँग कोशिसमणि न्यौपाने पनि आएका थिए । प्रत्येकलाई एक एकओटा तौलिया, तातो पानीका लागि थर्मस, काँचको गिलास, ओढ्ने च्यादर लगायतका सामाग्री ल्याइएका थिए । उनले फलफूल पनि लिएर आएका थिए । ब्याडमिन्टन सेट पनि लीएर आएका थिए । त्यसले हामीलाई धेरै राहत दियो ।.सामान ल्याएको कार्टुन मैले लिएर राखें । योग ध्यान गर्नका लागि ।आजपनि हामीले मुढा जोडेर आगो बालेका थियौं ।बेलुका साँढे ६ बजेतिर २ जना प्रहरीहरु आए । हामी क्वारेन्टाइनमा बसेकाहरुको नामावली टिपेर लगे । मेरो नाम अन्तिममा टिपेका रहेछन् क्यार । एक प्रहरीले मलाइ नाम नै लिएर बोलाएका थिए । लाग्यो ठूलै मान्छे भइएछ कि क्या हो । मेरो रेकर्ड पनि राज्यका विभिन्न निकायमा बस्ने भो ।क्रमश………..
लेखक अरु डायरी का–वलियो को ?कोरोना कि कागज !
कोरोना कैरन २ ःजङलमा खोजिएको शान्ती
Be the first to comment on "कतै मानिस मरिरहेका बेला कतै खाना खाने चिन्ता !"