जानुका न्यौपाने
देशको दिगो विकासको लक्ष्य पूरा गर्न सर्वप्रथम नागरिकहरुको स्वास्थ्य अवस्था राम्रो र बलियो हुनु पर्छ । स्वस्थ नागरिकमा पनि विशेषगरी महिला र बालबालिकको स्वास्थ्य राम्रो हुनु जरुरी छ । महिला र नवजात शिशुले समयमा चाहिएको सेवा पाएनन् भने उनीहरुको स्वास्थ्य कमजोर हुनेमात्र नभई ज्यानै जाने र अस्वस्थ नागरिक उत्पादन हुने र देश विकासमा थप समस्या देखा पर्न सक्छ । महिला स्वस्थ नागरिक जन्मदिने आमा मात्र नभई दिगो विकासको मेरुदण्ड पनि हुन भन्न हिच्किचाउनु पर्दैन । केही समय अगाडि दोलखा जिल्लाको सदरमुकाममा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइपु¥याउँदा नपु¥याउँदै एउटा बालकले झाडापखालाको कारण ज्यान गुमाएको कुरा सबैलाई जानकारी रहोस् । यो त भयो केन्द्रको कुरा अन्यत्र कति यस्ता घटना होलान जुन कुरा हामीले थाहा नै पाएका छैनौं । वर्षेनि हजारौं बालबालिकाले झाडापखाला र सामान्य रुघाखोकी र निमोनियाका कारण ज्यान गुमाइरहेका छन् ।
अहिले पनि घरमै बच्चा जन्माउँदा हुने खतराका कारण धेरै आमाको समयमै उपचार नपाएरै ज्यान जाने गरेको छ । तर पहिलेको तुलनामा आमा र बच्चाको मृत्यूदरमा निकै कमी आएको छ । गरिबीको बाबजुद आमा र बच्चाको स्वास्थ्यमा भएको उल्लेख्य सुधारको लागि नेपालले अन्तर्राष्ट्रिय पुरस्कार समेत पाएको छ । यसका लागि नेपालमा कार्यरत स्वास्थ्य स्वयंसेकिाको योगदानलाई धेरैले प्रशंसा गर्नु पर्छ र गरेका पनि छन् । स्वयंसेविका गाउँघरमा नै रहने र जहाँ समस्या छ, त्यही पुग्नसक्ने भएकोले गाउँघरमा चाहेको बेलामा सेवादिन सकेका छन् । आफ्नो सेवा तुरुन्त मात्र होइन सेवाग्राहीको आवश्यकता अनुरुप पनि दिन सक्छन् । कतिपय अवस्थामा भाषा, संस्कृति अनुरुप पनि सेवा दिन सकेकाछन् । यी र यस्ता काम बाहिरबाट आएका स्वास्थ्यकर्मीहरुलाई अप्ठ्यारो र असम्भव पनि हुनजान्छ । समुदायमाा सबैले स्वास्थ्यको महत्व बुझेको भए त सही नत्र भने त्यहाँ भएका सेवा लिन आउनेको संख्या कम हुन्छ । यस अवस्थामा स्थानीय महिलाहरुका लागि स्थानीय महिलाको सहभागिता कति महत्वपूर्ण हुन्छ त्यसको कसैले कम आँकलन गर्न मिल्दैन ।
विशेषगरी स्वयंसेविकाहरुले आमा र बच्चको स्वास्थ्य प्रवद्र्धनका लागि स्वास्थ्य शिक्षा प्रदान गर्नुका साथै प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श दिने गर्छन । त्यस बाहेक गर्भवती महिला, भर्खर शिशु जन्माएका आमामा आउनसक्ने खतराका लक्षण पहिचान गरी नजिकको स्वास्थ्य संस्थामा जान सल्लाह दिन्छन् । दोलखा जिल्लामा पनि अत्यन्तै प्रभावकारी सेवा दिने स्वयंसेविकाहरु छन् उनीहरु सम्मानित पनि छन् ।
स्वयंसेविकाले परिवारनियोजनका लागि झनै राम्रो परामर्श दिने र उनीहरुले वितरण गर्न मिल्ने अस्थायी साधन जस्तै कण्डम, पिल्स आवश्यकताका आधारमा वितरण पनि गर्छन । अवस्था र स्थान विशेष आकस्मिक परिवारनियोजनका साधन र सूचिकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतनका लागि जान सही परार्मश दिन्छन् । हाम्रो जस्तो संकिर्ण सोच भएको समाजमा यी सेवाको अति नै महत्वपूर्ण छ, किनकि महिलाहरु र अन्य मान्छेहरु अझै पनि यी र यस्ता विषयमा खुलेर कुरा गर्न रुचाउँदैनन रुचाउनेलाई पनि समाजले राम्रो दृष्टिले हेर्दैन । जबकि असुरक्षित गर्भपतन एक सक्षम नागरिक अनि स्वस्थ नागरिक अर्थात् आमाको मृत्यूको एउटा प्रमुख कारण हो । कतिपय स्वास्थ्य क्षेत्रमा आफ्नो स्वार्थ पूर्ति गर्न गैरकानुनी काम गर्ने गैरसरकारी संस्थाहरुले अब महिला स्वास्थ्य स्वयंसेविकाको खासै महत्व नभएको पनि भन्न थालेका छन् , यो दोलखा जिल्लाको पनि ज्वलन्त समस्या हो यसमा हरेक स्थानीय सरकारका जनप्रतिनिधिहरुले ध्यान दिनु जरुरी छ । कतै पैसाको प्रलोभनमा गैरकानुनी कार्य र दोलखाबासी नागरिकको स्वास्थ्यमा खेलवाड त भएको छैन ?
सरसर्ती हेर्दा नेपालको अनि दोलखा जिल्लाकै स्वास्थ्य क्षेत्रमा निकै नै सुधार भएको देखिए तापनि हामीले बुझ्न जरुरी छ के भने दोलखा भनेको चरिकोट वा सदरमुकाम मात्र होइन अनि नेपाल भनेको काठमाण्डौं मात्र होइन, जहाँ सरकारी र निजी अस्पताल र प्रशस्तै स्वास्थ्यकर्मीहरु छन् । समग्र नेपालकै कुरा गर्नु पर्दा पनि कयौं दुर्गम गाउँ पनि छन् जहाँ मान्छेहरु सामान्य उपचार र सामान्य ट्यावलेट नपाएर ज्यान गुमाउन बाध्य छन् । यो सवाल सत्य हो कि उनीहरुलाई स्वास्थ्य सेवा लिनुपर्छ भन्ने सामान्य ज्ञान पनि छैन र आफ्नो ज्यान गुमाइरहेका छन् । धेरैजसो ग्रामीण क्षेत्रमा शिक्षा तथा स्वास्थ्य र सडकको अवस्था अझै नाजुक छ । प्रसुती व्यथा लागेका महिलाहरुलाई सरमुकाम ल्याउन होस् या काठमाण्डौ पु¥याउन किन नहोस् बाटैमा बच्चा जन्मने र असहज हुने, अनि आमा र बच्चाको ज्यानै जाने जस्ता घनाहरु नभएका पनि होइनन हो त्यस्ता स्थानहरुमा आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गरेको अवस्था प्रभावकारी हुनसकेको छैन । यो समस्या विशुद्ध पछाडि पारिएका तथा विपन्न वर्गहरुमा धेरै छ । यस्तो अवस्थामा उनीहरु मध्यकै एक महिला स्वास्थ्य सम्बन्धी जानकारी पाएर अन्यलाई परामर्श दिनु भनेको एउटा महिलाको मात्र सशक्तिकरण नभएर त्यस समुदायकै स्वास्थ्यमा सुधार ल्याउनु हो भन्ने मनन् गर्नु पनि जरुरी छ ।
सकेसम्म हरेक समुदायका कुनाकन्दरामा दक्ष जनशक्ति पुग्नुपर्छ । तर स्रोत र साधनको अभावका साथै भौगोलिक रुपमा अति नै विकट हाम्रो समुदायमा तुरुन्तै सबै किसिमका अर्थात् नयाँ प्रविधियुक्त र दक्ष स्वास्थ्यकर्मी सहितको स्वास्थ्य सेवा पु¥याउँन असम्भव प्रायः छ । यस अर्थमा पनि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमै भए पनि एउटी महिला शिक्षित हुनु अनि उनले आफ्नो समुदायमा आफूले सिकेको प्रजनन स्वास्थ्य जस्तो महत्वपूर्ण ज्ञान बाँड्नु भनेको महलिा स्वास्थ्य तथा दिगो विकासमा ठोस योगदान पु¥याउनु हो । तसर्थ सरकारी तथा गैरसरकारी संस्थाले युवा र पढेलेखेका स्वास्थ्य स्वयंसेविका एवं क्रियाशील स्वयंसेविकाका लागि राम्रो तालिम र सेवा सुविधाको व्यवस्थापन गर्नसके आमा र बच्चाको स्वास्थ्यमा सुधारसंगै स्वस्थ समाज निर्माण, समग्र दिगो विकासको लक्ष्यमा पुग्न सबैलाई एक कदम अगाडि बढाउने सवालमा कुनै सन्देह छैन ।
Be the first to comment on "कतै पैसाको प्रलोभनमा गैरकानुनी कार्य र दोलखाबासी नागरिकको स्वास्थ्यमा खेलवाड त भएको छैन ?"