ओलीले संसदबाट विश्वासको मत जिते,मतविभाजनमा ओलीको पक्षमा २ सय ८ सांसदले मतदान

काठमाडौं,- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत जितेका छन् । प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा भएको मतविभाजनमा ओलीको पक्षमा २ सय ८ सांसदले मतदान गरे । विपक्षमा ६० मत परेको छ । कुल २७५ मध्ये २६८ सांसदले मतदानमा भाग लिएका थिए ।

कांग्रेसबाहेकका सबै सांसदले ओलीको पक्षमा मतदान गरेका हुन् । संसदमा कांग्रेसका ६३ सांसद छन् ।

ओलीको पक्षमा नेकपा एमालेका १ सय २१, माओवादी केन्द्रका ५३, राजपाका १६ र फोरमका १६ सांसद तथा अन्य साना दलका स्वतन्त्र सांसदले मतदान गरे । कैलाली १ बाट निर्वाचित राजपा सांसद रेशम चौधरी पुर्पक्षका लागि जेलमा छन् भने नयाँ शक्तिका डा. बाबुराम भट्टराई देशबाहिर रहेकाले बैठकमा उपस्थित भएनन् ।

संसदको बैठकमा प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री बन्नका मात्र प्रधानमन्त्री बनेको नभइ देशको विकासका लागि प्रधानमन्त्री बनेको बताएका थिए ।

राष्ट्रपति विद्या भण्डारीले फागुन ३ गते ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

Shares

Be the first to comment on "ओलीले संसदबाट विश्वासको मत जिते,मतविभाजनमा ओलीको पक्षमा २ सय ८ सांसदले मतदान"

Leave a comment

Your email address will not be published.


*