ओम कुमारले धारा बनाईदिए, स्थानीय खुशी भए

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र १५
युवा व्यवसायी तथा समाजसेवी ओम कुमार श्रेष्ठले कालिन्चोक गाउँपालिका वडा नं. २ स्थित कुसावतीमा खानेपानीको सार्वजनिक धारा निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरेका छन् । आफ्ना पिताको स्मृतिमा स्थापित गजेन्द्र स्मृति फाउन्डेशन नेपाल, दोलखाको नामबाट  कुसावतिका स्थानीयलाई लक्षित गरी खानेपानीको धारा निर्माण गरिदिएका हुन् । शनिबार एक औपचारिक समारोहका बीच जिल्ला समन्वय समिति दाेलखाका प्रमुख डबल पाण्डेले उद्धघाटन गरे । प्रमुख पाण्डेले गजेन्द्र स्मृति फाउन्डेशनले समुदायको समस्या पहिचान गरी खानेपानीको धारा निर्माण गरीदिएर पूण्यकर्म गरेको भन्दै प्रशंसा गरे । फाउन्डेसनका अध्यक्ष  श्रेष्ठले आफ्ना स्व. बुवा गजेन्द्र श्रेष्ठ, स्व. हजुरबुबा धन बहादुर श्रेष्ठ र स्व. हजुरआमा बिष्णुमाया श्रेष्ठको स्मृतिमा धारा निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरिएको बताए । पानी नसुकोस् भनेर धाराको मुहान परिशरमा बृक्षारोपण समेत गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

धारा पाएपछि कुसावतीका वासिन्दा खुसी भएका छन् । बाबरेमैँ जन्मिएका ओम कुमारले गत वर्षको चैत्र ७ गते फाउन्डेशनकै नामबाट बाबरेलाई १ वटा एम्बुलेन्स हस्तान्तरण गरेका थिए । जुन् एम्बुलेन्सले अस्पतालसम्म पु¥याई सयौँ बिरामीको ज्यान बचाउन सहयोग गरेको छ ।

Shares

Be the first to comment on "ओम कुमारले धारा बनाईदिए, स्थानीय खुशी भए"

Leave a comment

Your email address will not be published.


*