एसियाली विकास वैकको सहयोगमा ११ वटा नयाँ विद्यालय वन्ने

चरिकोट – एसियाली विकास वैकको ऋण साझेदारीमा भुकम्पबाट भत्किएका दोलखाका विभिन्न स्थानमा ११ वटा नयाँ विद्यालय भवन बन्ने भएको छ । जिल्ला  कार्यन्वयन इकाई (शिक्षा) को आयोजनामा विहिबार भएको एक दिने कार्यशाला गोष्ठीमा सो जानकारी दिएको हो । एसियाली विकास वैकको सहयोगमा मेलुङ गाँउपालिकामा ४ वटा, भीमेश्वर नगरपालिकामा तथा तामाकोसी गाँउपालिकामा २ वटा नयाँ विद्यालय वन्ने आयोजना कार्यन्वयन इकाई दोलखाका प्रमुख देव कुमार बरालले बताए ।
त्यसैगरी जिरी नगरपालिका ,विगू गाँउपालिका तथा कालिन्चोक गाँउपालिकामा १ वटा विद्यालय बन्ने पनि प्रमुख वरालले जानकारी दिए । कार्यक्रममा भिमेश्वर नगरपालिका प्रमुख भरत केसी , जिल्ला समन्वय समितिकी उपप्रमुख मनमाया जिरेल, मेलुङ गाँउपालिका प्रमुख नर बहादुर श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक ,जिल्ला समन्वय समिति अधिकारी तुलसीनाथ गौतम लगायतले आफ्नो धारणा राखेका थिए ।
गोष्ठीमा सम्बन्धीत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानध्यापकको सहभातिता रहेको थियो । कार्यक्रममा इकाईका इन्जिनियर राजेन्द्र कुमार श्रेष्ठले नयाँ वन्न लागेको विद्यालयको संरचनाको बारे जानकारी दिएका थिए । विद्यालयको नक्साको बारेका उठेको प्रस्न गोष्ठीमा इन्जिनियर श्रेष्ठले जवाफ दिएका थिए ।

Shares

Be the first to comment on "एसियाली विकास वैकको सहयोगमा ११ वटा नयाँ विद्यालय वन्ने"

Leave a comment

Your email address will not be published.


*