मन्थली ः रामेछापको मन्थलीबाट सोलुखम्बुको लुक्लामा बिभिन्न एयरले उडान भर्न थालेका छन् । शनिवारदेखी तारा, समिट र सीता एयरले विदेशी पर्यटकहरूका लागि उडान भर्न थालेका हुन् । काठमाडौमा अहिले एयरपोर्ट व्यस्त भई टा«फिक जाम हुन थालेपछि ती कम्पनीले मन्थलीबाट उडान थालेका छन् । एयर कम्पनीले विदेशी पर्यटकलाई मन्थलीसम्म गाडीमा ल्याउने गरेका छन् । मन्थलीबाट ती पर्यटकलाई एयर कम्पनीले लुल्कासम्म छोड्दै आएका हुन् । यो समय विदेशी पर्यटक नेपाल आउने भएका कारण काठमाडौमा भने एयरपोर्ट व्यस्त भई ट्राफिक जाम हुने गरेको छ । एयर कम्पनीले नजिकको दूरीमा रहेर पनि रामेछाप –काठमाडौँको नियमित उडान भने गर्न सकेका छैनन् । स्थानीय प्रशासन र सङ्घीय तथा प्रदेश सांसदहरूको पहलमा एयर कम्पनीले नियमीत उडान गर्ने सहमति गरेपनि उडान भने हुन सकेको छ्रैन ।
एयर कम्पनीद्वारा लुक्लामा नियमित उडान भर्न थाले
Posted By: दीक्षण दैनिक १० आश्विन २०८०, बुधबार १३:१४
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "एयर कम्पनीद्वारा लुक्लामा नियमित उडान भर्न थाले"