एमाले दोलखाकाे पहिलो बैठकले इन्चार्ज र सहइन्चार्ज ताेक्याे

चरिकोट (दीस)–नेकपा एमाले दोलखाको पहिलो जिल्ला कमिटी बैठकले कार्य विभाजन गरेको छ ।बैठकले पालिकाका इन्चार्ज र सहइन्चार्ज तोकेको छ। बैठकले नयाँ जिल्ला कमिटी सदस्य मनोयन गर्नुका साथै २८ वटा विभाग समेत गठन गरेको छ । चरिकोटमा शुक्रबार र शनिबार बसेको बैठकले भीमेश्वर नगरपालिकाको पार्टी इन्चार्जमा नविन लामा र सहइन्चार्जमा कैलाश श्रेष्ठ, जिरी नगरपालिकाको इन्चार्जमा गोपाल जिरेल, सहइन्चार्जमा तेज बहादुर खड्का र कृष्णमाया बुढाथोकी , गौरीशंकर गाउँपालिकाको पार्टी इन्चार्जको जिम्मेवारी स्वयबहादुर खड्का, सहइन्चार्जमा झलक कार्की र देवी गुरुङलाई तोकेको छ ।
त्यसैगरी तामाकोसीको इन्चार्जमा देवी शर्मा ,सहइन्चार्जमा बसन्त थापा र धिरज सुवेदी , मेलुङमा छत्रराज उप्रेती , सहइन्चार्ज गायत्री आचार्य र सोम वंजनलाई दिइएको एमालेले जनाएको छ ।
विगुमा इन्चार्जमा कुमार खड्का, सहइन्चार्ज गोमा केसी र प्रविन कुमार खड्का ,कालिञ्चोकमा इन्चार्ज रोहितचन्द्र खड्का, सहइन्चार्ज हरी ओली, गणेश प्रसाद शिवाकोटी, र लक्ष्मण थामी ,वैतेश्वरमा इन्चार्जमा ऋषिकेश उपे्रती र सहइन्चार्ज रेशमराजस्वराज रिमाल, डबल तमाङ ,शैलुङको इन्चार्जमा धनबहादुर तमाङ ,सहइन्चार्जमा ईश्वर न्यौपाने र लालमाया योन्जनलाई  जिम्मेवारी तोकिएको छ ।
नयाँ जिल्ला कमिटी मनोयनसँगै एमालेको दोलखाको १ सय ६ सदस्यीय जिल्ला कमिटी बनेको छ । एमालेको गत पुस २३ गते भएको निर्वाचनबाट ९९ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको थियो । पहिलो बैठकले १६ जनालाई जिल्ला कमिटीमा मनोनित गरेको हो ।

Shares

Be the first to comment on "एमाले दोलखाकाे पहिलो बैठकले इन्चार्ज र सहइन्चार्ज ताेक्याे"

Leave a comment

Your email address will not be published.


*