एमाले दोलखाको १० औँ जिल्ला अधिवेशन निर्वाचनतिर उन्मुख

चरिकोट (दीस)– नेकपा एमाले दोलखाको १० औँ जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व छान्ने प्रयास अहिले जारी रहेको भए पनि अधिवेशन निर्वाचनतिर उन्मुख भएको छ ।एमाले स्रोतका अनुसार अधिवेशनमा सर्वसम्मत नेतृत्व छान्ने प्रयास भए पनि त्यसको सम्भावना न्युन हुँदै गएकोले निर्वाचनतिर उन्मुख भएको हो । अधिवेशनमा सहभागि प्रतिनिधीको विहान नामावली प्रकाशन भएको छ । विहान ११ बजेर ३० देखी १२ बजेर उम्मेदार दिनेको फर्म वितरण हुने निर्वाचन समितिले जनाएको छ । यदी नेतृत्वको लागि सर्वसहमति नभएमा आजै निर्वाचन हुने समितिले जनाएको छ ।

अध्यक्षमा उपाध्यक्ष नर बहादुर श्रेष्ठ र सचिब भरत दुलाल विच प्रतिस्पर्धा हुने सम्भावना रहेको बताइएको छ । उपाध्यक्षमा कृष्ण बस्नेत , रोच कुमारी चौलागाई , हरिवंश चौलागाई , जिबश खड्का , राजेन्द्र मानन्धर र जानुका न्यौपानेले उम्मेदारी दिने घोषणा गर्नु भएको छ । त्यसैगरी सचिब हिरा थोकर र होम पाठक विच प्रतिस्पर्धा हुने देखिएको छ । उपसचिबमा रेशमराजस्वराज रिमाल , केशब चौलागाई, धमेन्द्र मोक्तान , ईश्वर न्यौपाने ,विन कुमार थामी , कमला बस्नेत , सुन्दर कार्की , सुन्दर विक , माधवलाल कायस्थ लगायतले उम्मेदारी दिने घोषणा गर्नु भएको छ ।

हिजो देखी चरिकोटमा सुरु भएको ८ सय ७ जना प्रतिनिधि सहभागि भएका छन् । भुगोलतर्फ जिल्लाका ७४ वडाबाट सवैभन्दा बढी ६ सय १० जना प्रतिनिधि सहभागी जनाएका छन् । स्थानीय तहतर्फ भीमेश्वर नगरपालिकाबाट सवैभन्दा बढी १ सय १९ जिरी नगरपालिकाबाट सबैभन्दा कम ३० जना प्रतिनिधि सहभागी हुने छन् । जिल्ला अधिबेशनमा मेलुङ गाउँपालिकाका ८२, शैलुङ गाउँपालिकाका ७६, गौरीशंकर गाउँपालिकाका ६९, वैतेश्वर गाउँपालिकाका ६५, कालिञ्चोक गाउँपालिकाका ६३, तामाकोशी गाउँपालिकाका ५० र विगु गाउँपालिकाका ४८ जना प्रतिनिधि सहभागी हुने छन् ।जिल्ला अधिवेशनमा एमालेको जिल्ला आयोजक कमिटीका १ सय १६, काठमाडौं सम्पर्क मञ्चबाट २०, जनवर्गीय संगठनबाट २३ जना, मजदुर संघबाट ३ र मनोनित ३५ जना गरी ८ सय ७ जना प्रतिनिधि सहभागी हुने एमाले दोलखाले जनाएको छ ।

९ बर्ष पछि अधिवेशनले दोलखा एमालेको नयाँ नेतृत्व चयन गर्ने छ ।  अधिवेशनमा गाउँपालिका र नगरपालिकाका पदाधिकारी तथा सदस्यहरुले जिल्ला कमिटीमा उम्मेदवारी दिन नपाउने कार्यविधि निर्माण गरेको छ । तविधानअनुसार ९० जनाको जिल्ला कमिटीमा रहनेछन् । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव रहनेछन् भने ८५ जना सदस्य रहनेछन् । पाँच पदाधिकारी सहित ९० जनाका कमिटीका लागि निर्वाचन क्षेत्र निर्धारण गरिएको प्रवक्ता मोक्तानले बताउनुभयो । जसमा भूगोल, महिला, जनजाति, दलित, मजदुर, खुल्ला र पदाधिकारी सहित ९० जनाको कमिटी निर्माण हुनेछ । भुगोलतर्फ प्रत्येक पालिकाबाट २ जना महिला र भीमेश्वर नगरपालिकाबाट ३ जना महिला रहनेछन् । त्यसैगरी भुगोल खुल्लातर्फ प्रत्येक पालिकाबाट ३ जना र भीमेश्वर नगरपालिकाबाट ४ जना रहने प्रावधान बनाइको छ । दलित महिला २ जना रहने छन् भने खुल्लातर्फ ९ जना महिला रहनेछ । जनजातितर्फ ६ जना, दलित ६ जना, मजदुरबाट १ जना र जिल्लाको खुल्लातर्फका १४ जनालाई कमिटीमा संख्या कायम गराउन निर्वाचन गराइनेछ । जिल्ला कमिटी सदस्यको लागि सो कमिटी वा तल्लो कमिटीमा एक कार्यकाल काम गरेको वा संगठित सदस्य भएको १० वर्ष पूरा हुनुपर्ने छ ।

Shares

Be the first to comment on "एमाले दोलखाको १० औँ जिल्ला अधिवेशन निर्वाचनतिर उन्मुख"

Leave a comment

Your email address will not be published.


*