एमाले दोलखाको प्रशिक्षण भेला सम्पन्न

ईश्वर विश्वकर्मा
चरिकोट, साउन १४
नेकपा एमाले दोलखाले पार्टी सुदृढीकरण तथा शुद्धीकरण अभियानका क्रममा जिल्ला स्तरीय प्रशिक्षण भेला शनिबार सम्पन्न गरेको छ। एमालेका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको चरिकोटमा आयोजित प्रशिक्षण कार्यक्रममा एमाले केन्द्रीय उपमहासचिव विष्णु रिमालले वर्तमान सरकारले जनताको हित र भावना समेट्न त्यस्तो कुनैपनि काम नगरी बेथिति र विसङ्गति तर्फ उन्मुख हुँदै गएको आरोप लगाउनु भयो। उहाँले जन भावना विपरीत काम गर्ने पाँच दलिय सरकारले आफ्नाहरुको स्वार्थ पूर्तिमा तल्लिन रहेको बेला एमाले नेता तथा कार्यकर्ताले सोको बिरोध र भण्डार गर्नु पर्ने सुनाउनुभयो। कोरोना महामारीका कारण धरासयी बनेको अर्थतन्त्रलाई सबलीकरण र सुधार गर्नुपर्ने सरकार अर्थतन्त्र कमजोर बनाउने खेलमा लागेको आरोप लगाउनु भयो। कार्यक्रममा पार्टीको विधिविधान, रणनीति तथा आगामी योजनाको बिषयमा प्रशिक्षण दिइएको थियो। सहभागीहरुलाई एमाले केन्द्रीय उपमहासचिव विष्णु रिमाल, पोलिटव्युरो सदस्य आनन्दप्रसाद पोखरेल, प्रदेश पार्टी अध्यक्ष केशव पाण्डे लगायतका नेताहरुले प्रशिक्षण दिनुभएको हो।

प्रशिक्षण भेलाले पार्टीका सम्पूर्ण कमिटी, नेता र अगुवा कार्यकर्ताहरूलाई बाढी पहिरो लगायतका विपद् व्यवस्थापनमा खट्न निर्देशन दिएको छ । तीनै तहका सरकारले प्रभावकारी विपद् न्यूनीकरण, खोज उद्धार, राहत र पुनःस्थापना कार्यलाई ससक्त बनाउनु पर्ने माग गरिएको छ। स्थानीय तहमा कार्यरत कर्मचारीलाई बिना कारण बर्खास्त गर्ने कार्य विधिसम्मत नभएको ठहर गर्दै त्यसको विरोधमा दोलखा एमाले उभिएको छ। विधिको शासन स्थानीय तहमा स्थापित हुनपर्ने एमालेको माग छ। एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा कार्यक्रममा पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेल, केन्द्रीय सदस्य सरस्वती बस्नेत, केन्द्रीय सम्पर्क समन्वय कमिटी संयोजक श्याम बस्नेत लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

Shares

Be the first to comment on "एमाले दोलखाको प्रशिक्षण भेला सम्पन्न"

Leave a comment

Your email address will not be published.


*