दीक्षण समचार
नेपाल कम्युष्टि पार्टी एमाले मेलुङ गाउँपालिकाको अध्यक्षमा अम्बिका गोले चयन हुनुभएको छ ।
बुधबार बुद्धचोकमा सम्पन्न प्रथम अधिवेशनले गोलेको अध्यक्षतामा ७४ सदस्यीय कार्य समिति सर्वसम्मत गठन गरेको हो । समितिको उपाध्यक्षमा ललित बहादुर बस्नेत, सचिवमा नवराज खड्का, सहसचिवमा शोभा पोखरेल र भीम बहादुर मगर चयन हुनु भएको छ ।
अधिवेशनमा एमालेका केन्द्रिय सदस्य दोलखाका पार्टी इन्चार्जसांसद एवं पूर्व मन्त्री पार्वत गुरुङले पार्टीमा आन्तिरक विवाद र अन्तरसंघर्ष भएपनि माधव नेपालले एमाले विभाजन गर्ने कल्पना समेत नगरिएको तर आज नसोचेको घटना घट्दा आफूहरु अचम्ममा परेको बताउनुभयो । उहाँले पार्टी विभाजन भई केही नेताहरु आफ्नो पार्टीबाट छुटिएर गएपनि अन्य दलबाट एमालेमा प्रवेशको लहर नै चलेको बताउनुभयो । अधिवेशनमा बागमति प्रदेश समिति सदस्य तथा सांसद शान्ति पाख्रिन, नेकपा एमाले जिल्ला समिति दोलखाका अध्यक्ष इश्वर चन्द्र पोखरेल, जिल्ला समिति उपाध्यक्ष नर बहादुर श्रेष्ठ, एमाले नेता हिरा थोकर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Be the first to comment on "एमालेको मेलुङ गाउँपालिका समितिको अध्यक्षमा अम्बिका गोले"