सिंगटी (दीस) – दोलखाको गौरीशंकर गाउँपालिकामा एमालेको वडा कमिटी र पालिका कमिटी सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ। कार्तिक ६ गतेबाट वडामा र सोमबार पालिकामा भएको अधिवेशनले सर्वसम्मत नयाँ चयन भएको हो । सोमबार गाउँपालिकाको वडा नम्बर –५ सुरीको गुरुम्फीमा भएको प्रथम अधिवेशनले जङ्ग गुरुङको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी गठन भएको छ । पालिका कमिटीको उपाध्यक्षमा मिङ्गुर शेर्पा, सचिवमा देवराम बुढाथोकी र सहसचिवमा टिका खत्री केसी र प्रकाश कार्की चयन हुनु भएको छ । पालिकाका नव निर्वाचित पदाधिकारी सदस्यहरुलाई प्रतिनिधि सभा सांसद एबम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष इश्वर चन्द्र पोखरेलले खादा,माला र टीका लगएर बधाई तथा शुभकामना दिनु भएको थियो । गौरीशंकरको वडा नम्बर –१ को अध्यक्षमा कृष्ण बहादुर खड्का , उपाध्यक्षमा ढाल बहादुर खत्री ,सचिवमा इराज बस्नेत, सहसचिवमा सविन तामाङ चयन हुनु भएको छ । वडा नम्बर २ मा अध्यक्षमा राजाराम कार्की ,उपाध्यक्षमा दिल बहादुर जिरेल,सचिव रोशन खत्री ,सहसचिव शिवराज बुढाथोकी र लक्ष्मी विक चयन भएको जनाइएको छ । वडा नम्बर – ३ मा अध्यक्षमा चक्र बहादुर खत्री उपाध्यक्षमा विष्णु खड्का ,सचिबमा सोनाम छिरिङ शेर्पा सहसचिवमा मीन बहादुर बस्नेत र कसन बहादुर पाण्डे चयन हुन भएको छ । वडा नम्बर ४ मा अध्यक्षमा मीन कार्की ,उपाध्यक्षमा सुर्बहादुर बस्नेत ,सचिवमा पासाङ दावा शेर्पा ,सहसचिव अर्जुन विक र रमेश नेपाली वडा कमिटीको नेतृत्वमा चयन हुनु भएको छ। वडा नम्बर –५मा अध्यक्षमा सुन्दर प्रकाश खड्का उपाध्यक्षमा इश्वरी कार्की ,सचिवमा सुन्दर खड्का सहसचिवमा सुवास सुरेल र आङदोर्जे लामा चयन हुनु भएको छ । वडा नम्बर –६मा अध्यक्षमा आङतेम्बा शेर्पा उपाध्यक्षमा कृष्ण बहादुर गुरुङ र पेमा याङडी शेर्पा सचिवमा विमली शेर्पा , सहसचिवमा जित बहादुर तामाङ र सुन्दर विक वडा कमिटीको नेतृत्वमा चयन हुनु भएको छ। वडा नम्बर –७ को अध्यक्षमा लाक्पा शेर्पा उपाध्यक्षमा युवक गुरुङ सचिवमा बागबिर शेर्पा सहसचिवमा प्रदिप मगर र ललित बहादुर खत्री चयन हुनु भएको छ । वडा नम्बर –८ खारे को अध्यक्षमा उमेश गुरुङ ,उपाध्यक्षमा सिमरास तामाङ सचिवमा सज्जन खड्का सहसचिव दिनेश श्रेष्ठ र कुमार तामाङ वडा कमिटीको नेतृत्वमा चयन हुनु भएको छ। वडा नम्बर ९–मा अध्यक्षमा मेघराज ठकुरी उपाध्यक्षमा बोलेन्द्र आचार्य सचिवमा निश्चल शेर्पा सहसचिवमा मिनछिरि शेर्पा र मेख तामाङ चयन हुनु भएको छ ।पालिकाका सवै वडा कमिटीको ३१ सदस्यीय रहेको छ ।
एमालेको गौरीशंकर गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन(वडा कमिटी अध्यक्षको नामावली सहित )
TOPICS:राजनीति
Posted By: दीक्षण दैनिक ८ कार्तिक २०७८, सोमबार २०:०५
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
Be the first to comment on "एमालेको गौरीशंकर गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन(वडा कमिटी अध्यक्षको नामावली सहित )"