एमालेकोे पदाधिकारीमा पुराना र नयाँ पुस्ताको आकाँक्षा

चरिकोट (दीस) – दोलखामा झण्डै ९ बर्ष पछि हुन लागेको एमालेको आसन्न जिल्ला अधिवेशनमा आकाँक्षीले विभिन्न माध्यमबाट उम्मेदारी घोषणा गर्नु भएको छ । दोलखा एमालेको ९ बर्ष पछि हुन लागेको अधिवेशनबाट नेतृत्वमा पुग्न नयाँ र पुराना दुवै पुस्ताका अनुहारले आफ्नो उम्मेदारी दिने घोषणा गर्नु भएको छ । केन्द्रले घोषणा गरेको मिति अनुसार नै दोलखा एमालेको अधिवेशन शुक्रबार सदरमुकाम चरिकोटमा हँुदैछ । ५ सदस्यिय पदाधिकारीको अध्यक्ष पदमा बर्तमान उपाध्यक्ष नर बहादुर श्रेष्ठ , सचिब भरत दुलाल , सहसचिब डबल पाण्डे र भीमेश्वर नगर पालिकाका मेयर भरत के.सीले दावेदारी गर्नु भएको छ । उपाध्यक्षमा कृष्ण बस्नेत ,मित्र जिरेल, जिवस खड्का, हरिवंश चौलागाइ राजेन्द्र मानन्धरले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । सचिवमा होम पाठक र हिरा थोकरले आकांक्षा राख्नु भएको छ। दुई सिट रहेको उपसचिव पदमा सवै भन्दा बढी उम्मेद्धारी घोषणा भएको छ । उपसचिब करिब एक दर्जनले उम्मेदारी दिने बताउदै आएका छन् । अहिले सम्म उपसचिवमा घोषणा गर्ने कमला बस्नेत एक्ली महिला हुनु हुन्छ । यस्तै, नेता धर्मेन्द्र मोक्तान, अखिलका पूर्व जिल्ला अध्यक्ष रेमश रिमाल, विन कुमार थामी ,नेता सुन्दर विश्वकर्मा, ईश्वर न्यौपाने, केशब चौलागाई, कृष्ण बस्नेत, माधवलाल कायस्थ, सुन्दर कार्की लगायतले  आकांक्ष राख्नु भएको छ । दोलखा एमालेका वर्तमान अध्यक्ष ईश्वरचन्द्र पोखरेल नेतृत्वको कार्य समिति २०७० बैशाख ६ र ७ गते सम्पन्न जिल्ला अधिवेशनबाट छानिएको थियो । त्यस यता दुई पटक अधिवेशन भईसक्नुपर्ने भएपनि माओवादी केन्द्र संगको पार्टी एकताले अधिवेशन हुन सकेको थिएन । पार्टी एकता औपचारिक रुपमा तोडिएको झण्डै ९ महिना पछि शुक्रबार हुन लागिरहेको जिल्ला अधिवेशनमा वर्तमान अध्यक्ष ईश्वर पोखरेलले आफु नदोहो¥याउने घोषणा गर्नु भएको छ । दोलखामा पन्ध्र हजार संगठित सदस्य रहेको एमाले अधिवेशनका लागि ७ सय प्रतिनिधीहरु चयन भएका छन् । नेकपा एमाले दोलखाले प्रतिनिधी छनोटको लागि एक सय संगठित सदस्य बरावर एक महिला सहित ३ जना र दलित तर्फ ३० संगठित सदस्य वरावर एक जना प्रतिनिधी आउने व्यवस्था गरेको छ । दोलखा काठमाण्डौ सम्पर्क मञ्चबाट २० जना र प्रत्येक जनवर्गीय संगठनको तर्फबाट महिला सहित ३ जना प्रतिनिधी आउने व्यवस्था रहेको छ ।

Shares

Be the first to comment on "एमालेकोे पदाधिकारीमा पुराना र नयाँ पुस्ताको आकाँक्षा"

Leave a comment

Your email address will not be published.


*