चरिकोट – नेकपा एमाले जिल्ला कमिटी दोलखाको १० औं जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा कृष्णबहादुर बस्नेतले उम्मेदवारी दिनु भएको छ । आज भएको अधिवेशनमा उहाँले उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो
“२०४३ साल देखि कम्युनिस्ट पार्टीमा निरन्तर लागिरहेको कारण आफ्नो जीत सुनिश्चीत रहेको बस्नेतले बताउनु भयो । २०४७ सालमा नेकपा एमालेको काठमाडौ दोलखा सम्पर्क मञ्चबाट आफ्नो राजनीति सुरु गरेको उहाँले बताउनु भयो । लामो समय नागरिक समाजमा रहेर दोलखाको समाजिक मुद्धामा लागेकोले राजनीति मार्फत देश परिवर्तनको लागि आफ्नो उम्मेदारी रहेको बस्नेतको भनाई रहेको छ । बस्नेतसँग नागरिक समाज मार्फत सामाजिक मुद्धा उठानमा राम्रो अनुभब रहेको छ । जनआन्दोलनमा नागरिक समाजको नेतृत्व गर्दै उहाँले आन्दोलनमा अग्रणी भुमिकामा निर्वाह गर्नु भएको थियो ।विगतमा दोलखाको गौरीशंकर क्याम्पसको प्रमुखमा समेत काम गरेका बस्नेतसँग शैक्षिक क्षेत्रमा अनुभब रहेको छ । हाल उहाँ बार एसोसियन दोलखाको अध्यक्ष हुनुहुन्छ ।
Be the first to comment on "एमालेकोे उपाध्यक्ष पदमा कृष्णबहादुर बस्नेतको उम्मेदवारी"