एक बर्षको अन्तरालमा आमा र बाबु गुमाउँदा ४ जना छोराछोरीकाे बिचल्ली

चरिकोट (दीस) –२ बर्षको छोरालाई उपचारपछि आउछु भनेर हिडेकी आमा कहिले नआउने गरी संसारबाट बिदा भइन । आमाको बुधबार उपचारको क्रममा मृत्यु भएपछि चार जना बालबालिकाको बिचल्ली भएको छ । दोलखाको कालिन्चोक गाउँपालिका १ स्थाई ठेगाना भएकाे हाल भीमेश्वर नगरपालिका ६ फुलबारी बस्ने ४ बालबालिकाकाले एक बर्षको अन्तरालमा आमा र बुबा दुबै गुमाएसँगै उनीहरु टुहुरा भएका छन् । कालिन्चोक गाउँपालिकाको विकट गाउँ बेगुम्पाबाट दोलखा सदरमुकाम चरिकोटमा बाबु विर बहादुर थामी मजदुरी गर्न आए । उनले मजदुरी गर्दै चरिकोटको छेउको फुलबारीमा भुकम्पले भत्किएको घर बनाउन जग्गा किने । त्यही जग्गामा सरकार दिएको ३ लाखबाट भुकम्प प्रतिरोधी २ कोठाकाे घर  निर्माण गरे ।  जग्गा र घर बनाउन लिएको ऋणको बैकको किस्ता तिर्न नसकेर ३५ बर्षिय बाबुले अघिल्लो बर्ष सदरमुकाम घर छेउमा आत्मा हत्या गरे । बाबुले आत्मा हत्या गरेपछि टुहरा बनेका ३ छोरी र एक छोराको पालन पोषण आमाले गर्दै आएकी थिइन। छिमेकी सहयोगमा अस्पतालमा उपचार गरेर आउँछु भनेर घरबाट निस्केको २ घन्टामा उनको अस्पतालमा मुत्यु भयो । ३८ बर्षकी अमृताको उपचार गर्ने क्रममा मृत्यु भएपछि २ बर्षीय दुदे बालक सहित ३ छोरीको विचल्ली भएको छ ।
१४ बर्षकी जेठी छाेेेरी सुस्मीता थामी    चरिकोटमा रहेकाे पशुपति कन्यामा ८ कक्षामा अध्ययनरत छिन । उनीसँगै २ बहिनी सो बिद्यालयमा अध्ययन गर्देै आएका छन् । उनीसँगै ८ बर्षकी बहिनी ६ कक्षामा ४ बर्षकी बहिनी २ कक्षामा अध्ययन गर्दैै आएका छन्।

“अघिल्लो बर्ष बुवाले हामीलाइ छोडेर जानु भयो , हिजो आमाले पनि कहिले नफर्किने हामीलाई छोडेर जानु भयो” जेठी छोरी सुस्मीता भनिन् , मैले ३ जना भाई बहिनीलाई कसरी हुर्काउने , “आमाले पेट दुखेको छोरी म अस्पतालमा उपचार गरेर आउँछु भनेर जानु भएको अब कहिले नआउने गरि विदा हुनु भयो” उनले भनिन् । आमाले हामीलाई सदरमुकाम चरिकोट रहेको एक होटलमा मजदुरी काम गरेर पालन पोषण गर्दै आउनु भएको थियो । उहाँले छोडेर गएपछि हामीले कसरी बाँच्ने उनले रुदै भनिन् । बुधबार अमृताको उपचारक्रममा सदरमुकाम चरिकोट स्थीत सामुदायिक अस्पतालमा साँझ मृत्यु भएको थियो ।
घरको ऋणले बाबु गरे अत्मा हत्या
कालिन्चोक गाउँपालिकाबाट झरेर बिर बहादुरले थामीले सदरमुकाम छेउमा २ कोठे घर बनाए । उनलाई त्यही ऋण ठुलो भारी भयो । सदरमुकाम छेउमा घर त बनाए तर त्यही २ कोठे घर बनाउँदा वैकमा लिएको ऋण भारी भयो । उनले ऋण तिर्न नस्कदा घर छेउमा आत्मा हत्या गरेका थिए ।
उपचारको अभाबमा आमाको मृत्यु
होटलमा मजदुरी गर्दै आफ्ना छोराछोरी पाल्दै आएकी आमा उपचार क्रममा मृत्यु भएको छ । उनी केही समय देखी बिरामी भएको उनका आफन्त भनाई रहेको छ । “उपचार गर्न पैसा थिएन , होटलमा काम गरेको पैसाले बैकको ऋण तिर्दै आउनु भएको आमाको राम्रो सँग उपचार गर्ने पैसा थिएन ” जेठी छोरी सूस्मीताले भनिन , बचेको पैसाले हामीलाई खर्च गर्नुहुन्थ्यो । उपचारको अभाबमा आमाको मृत्यु भएकाे  उनको भनाई रहेको छ ।

Shares

Be the first to comment on "एक बर्षको अन्तरालमा आमा र बाबु गुमाउँदा ४ जना छोराछोरीकाे बिचल्ली"

Leave a comment

Your email address will not be published.


*